शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका ५७ सय बढिले जिते कोरोना

सुदूरपश्चिमका ५७ सय बढिले जिते कोरोना

  • बिहिबार, अशोज १, २०७७
सुदूरपश्चिमका ५७ सय बढिले जिते कोरोना

सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय बढिले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार थप १८ जनाले कोरोना जितेको जानकारी दिए।

उनका अनुसार कञ्चनपुरबाट ७, बझाङबाट ५, डोटीबाट ५ र सेती प्रादेशिक अस्पतालबाट एक जना जनालाई बुधवार डिस्चार्ज गरिएको हो। योसंगै प्रदेशमा पाँच हजार सात सय सात संक्रमितले कोरोना जितेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ९१ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ७६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६ सय ३६ पुगेको छ। संक्रमण पुष्टि भएका १५ जना संक्रमितको मृत्यु भईसकेको छ। प्रदेशमा संक्रिय संक्रमित भने सात सय ४९ रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार