शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बिगत लामो समयदेखी ओछ्यानमै थला परेका धनबहादुरको दुख (भिडियो सहित)

बिगत लामो समयदेखी ओछ्यानमै थला परेका धनबहादुरको दुख (भिडियो सहित)

  • बुधबार, भदौ ३१, २०७७
बिगत लामो समयदेखी ओछ्यानमै थला परेका धनबहादुरको दुख (भिडियो सहित)

लक्ष्मीराज पाध्याय — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ रावतवाडका धनबहादुर रावत बिगत लामो समयदेखी थला परेका छन । उनलाइ पक्षघात हुदा लामो समयदेखी थला परेका छन । उनका जेठा छोरा खम्म रावत पनी अपाङ्ग छन । घरमा काम गर्ने कोही पनी छैन ।
घर नजिक रहेको जमिन पनी बेचेर छोराको उपाचारमा लागे तर पनी उनको छोराको उपचार हुन सकेन बुढिनन्दा नगरपालिका वडा न १ का वडा अध्यक्ष नृपराज खत्रीले बताए । केही देखी कोबिट १९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले उनको परिवारमा थप समस्या भएको वडाअध्यक्ष खत्रीले बताए ।
केही समय अगाडी वडाबाट हुने सहयोग गरिए पनी वडाबाट दिएको सहयोगले न ति बृद्ध धनबहादुरको उपचार सम्भव छ न त उनका जेठा छोरा खम्मको उपचार नै छ अबस्था निकै कमजोर रहेको वडा अध्यक्ष खत्रीले बताएका छन । लकडाउनको समयमा केही राहत स्वरुप दिएको भए पनी उनको ओत लाग्ने घर समेत नरहेको वडा अध्यक्ष खत्रीको भनाई रहेको छ । धन बहादुर पहिले भारतमा गएर कमाएर छोराछोरी पाल्ने गरेको भए पनी हाल लामो समयदेखी थला परेछी उनका दुई छोराको समेत बिचल्ली हुन पुगेको खत्रीले बताए । धनबहादुरकी श्रीमती उनको जेठो छोरा सानै हुदा मृत्यु भइसकेको छ । कान्छो छोराले काम गर्ने नसक्ने जेठो छोरा पनी अपाङ्ग भएकाले उनको परिवारको बिचल्ली हुने देखीन्छ वडाअध्यक्ष खत्रीले बताए ।

https://www.youtube.com/watch?v=i7JtvcNfelE

चर्चामा

सम्बन्धित समाचार