शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा ७३ हजार बढिको कोरोना परीक्षण

सुदूरपश्चिममा ७३ हजार बढिको कोरोना परीक्षण

  • बुधबार, भदौ ३१, २०७७
सुदूरपश्चिममा ७३ हजार बढिको कोरोना परीक्षण

धनगढी– सुदूरपश्चिम प्रदेशमा ७३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार एक सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

धनगढी प्रयोगशाला मार्फत ३८ हजार ८ सय २६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १५ हजार तीन सय र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत दुई हजार ५ सय ६६ जनाको कोरोना परीक्षण भएको छ।

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ७५ हजार दुई सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार ५५ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरीएका ९ प्रतिशत अर्थात ६ हजार ६ सय २१ जनामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढि कैलालीमा दुई हजार एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा एक हजार ३१, अछाममा नौँ सय ९२, कञ्चनपुरमा सात सय ५१ र बाजुरामा ६ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै बझाङका चार सय ८२, बैतडीका तीन सय ८१, डडेल्धुराका तीन सय ४१ र दार्चुलाका ६६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ५ हजार सात सयले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार