बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई करमा छुट

धनगढीमा लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई करमा छुट

  • बुधबार, भदौ ३१, २०७७
धनगढीमा लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई करमा छुट

धनगढी– धनगढी उप–महानगरपालिकाले लकडाउनको समयमा घर भाडा छुट गर्ने घरधनीलाई घरबहाल करमा छुट दिने निर्णय गरेको छ। मनकारी घरधनीलाई राहत पुगोस भनेर उप–महानगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख नृपबहादुर वडले बताए।

सरकारले २०७६ चैत ११ गतेदेखि चार महिनासम्म कोरोना भाईरसको संक्रमण फैलिन नदिन लकडाउन गरेको थियो। लकडाउनको समयमा घरभाडामा बसेकाहरु कतिपयले भाडा छुट गरेका थिए। धनगढी उप–महानगरपालिकाले पनि आफ्नो कम्प्लेक्स भाडामा लिएकाहरु संग ५० प्रतिशत भाडा छुट गरेको पनि नगरप्रमुख वडले बताए।

धनगढी उप–महानगरपालिका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले सबैलाई एउटै मापदण्ड हुने गरि लकडाउनमा घरभाडा छुट दिने घरधनीलाई दुई महिनाको घरबहाल करमा छुट दिने बताए।

‘यसका लागि घर भाडामा छुट दिएको प्रमाण हुनुपर्ने छ,’ राजश्व शाखा प्रमुख ओझाले भने, ‘यसलाई उप–महानगरपालिकाले क्रसचेक गर्ने छ। झुटो ठहरीएमा कार्वाही गरिने छ।’

चर्चामा

सम्बन्धित समाचार