शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • निजामती ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक

निजामती ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक

  • मङ्लबार, भदौ ३०, २०७७
निजामती ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको हो।

असोज १ देखि निर्वाचन आचारसंहिता लागू हुने प्रमुख निर्वाचन अधिकृत कलानिधी पौडेलले जानकारी दिए। निर्वाचन कार्यक्रम तय गर्नका लागि कार्यालयले यसअघि कानून र संघीय मामिला मन्त्रालयमा राय माग गरे पनि ढिलाई भएपछि कार्यालय आफैले कार्यक्रम बनाइ सार्वजनिक गरेको हो।

Image may contain: text

No photo description available.

Image may contain: text

निर्वाचन आचारसंहिता लागू भएपछि मतदाता हुन योग्यता पुगेका कुनै पनि कर्मचारीको सरुवा गर्न नपाइने यदि गरिसकेको भए पनि रमाना गराउन नपाइने पौडेलले बताए।

‘ट्रेड यूनियन निर्वाचन संचालनको लागि मतदाता नामावली संकलनको कार्य प्रारम्भ भइसकेको हुँदा निर्वाचन सम्पन्न नभएसम्मको लागि निजामती सेवा ऐन, २०४९ को दफा ५३ २ (क) र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली, २०६९ को विनियम १० (१) बमोजिमका मतदाता हुने कर्मचारीको सरुवा, काज सरुवा लगायतका कार्य नगर्न,न गराउन र सरुवा भइसकेको भए रमाना नगर्न, नगराउन भनेर हामीले सरोकारवाला निकायरुलाई पत्रचार गरिसकेका छौँ’ उनले सेतोपाटीसँग भने।

आचारसंहिता असोज १ देखि लागू हुने छ।

यस्तो छ निर्वाचन कार्यक्रम

मतदाता नामावली प्रकाशनः असोज ९ गते

मतदाता नामावली उपर दावी विरोधः असोज ११ गते (सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा)

अन्तिम मतदाता नामावली प्रकाशनः असोज १३ गते (सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा)

उम्मेदवारी दर्ताः असोज १४ गते बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म (प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा)

उम्मेदवारले नाम फिर्ता लिनेः असोज १५ गते बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म (प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा)

उम्मेदवारको नाममा दावी विरोध गर्नेः असोज १५ गते अपरान्ह १ बजेदेखि ५ बजेसम्म (प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा)

उम्मेदवारको अन्तिम नामावली प्रकाशनः असोज १६ गते अपरान्ह १ बजे (प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा)

मतदान समयः असोज २४ गते शनिबार बिहान ९ बजेदेखि ५ बजेसम्म

निर्वाचन कार्यक्रम अवधिभर सार्वजनिक विदा परे पनि निर्वाचन कार्यालयहरु खुला रहने प्रमुख निर्वाचन अधिकृत कलानिधी पौडेलले जानकारी दिएका छन्।

को हुन पाउँछन् मतदाता ?

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मतदाताको योग्यता तथा मापदण्ड पनि निर्धारण गरेको छ। सम्बन्धित निर्वाचन कार्यालयहरुलाई तोकिएको मापदण्डभित्र रही नामावली तयारी पारी असोज ३ गतेभित्र पठाउन कार्यालयले निर्देशन दिएको छ।

निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम नियुक्त भएर हाल कार्यरत कर्मचारीहरु मतदाता हुन पाउने छन्।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु पनि मतदाता हुन पाउने छन्। उनीहरुको सेवा, शर्त र सुविधा सम्बन्धी कानून हालसम्म नबनेकाले कानूअनुसार नै प्रदेश र स्थानीय तहमा समायोजन भएका श्रेणी विहीन देखि राप तृतीय श्रेणी, तहगतमा आठौं तह (कार्यालय प्रमुख भएमा बाहेक) सम्मका स्थायी निजामती सेवाका कर्मचारीहरु मतदाता हुन पाउने छन्।

प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रालय, प्रदेशसभा, प्रदेशस्तरीय विभाग, निर्देशनालय, कार्यालय लगायतका निकायमा कार्यरत निजामती कर्मचारीहरु सोही जिल्लाको मतदाता हुनेछन्।

तर कर्मचारी समायोजन ऐन, २०७५ पछि लोकसेवा आयोगको विज्ञापन बमोजिम छनौट भई विभिन्न स्थानीय तहमा नियुक्त भई पदस्थापना भएका कर्मचारीहरु भने मतदाता हुने पाउने छैनन्।

प्रदेश तथा स्थानीय तहमा समायोजन भएपनि हाल अन्य निकायमा काम गरिरहेका कर्मचारीहरु जुन निकायमा कार्यरत छन् त्यहीको मतदाता हुन पाउने छन्।

चर्चामा

सम्बन्धित समाचार