बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • जिल्ला अस्पतालका स्वाथ्यकर्मी सहित ९७ जनाको कोरोना रिपोट नेगेटिभ

जिल्ला अस्पतालका स्वाथ्यकर्मी सहित ९७ जनाको कोरोना रिपोट नेगेटिभ

कोरोनाको आशंकामा आइसोलेसनमा राखिएका २ जनाको रिपोट पनि नेगेटिभ

  • सोमवार, भदौ २९, २०७७
जिल्ला अस्पतालका स्वाथ्यकर्मी सहित ९७ जनाको कोरोना रिपोट नेगेटिभ
फाइल फाेटाे

बाजुरा–जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मी सहित ९७ जनाको रिपोट कोरोना नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । २७ गते शनिवार स्वाब संकलन गरेर सेति प्रादेशिक अस्पताल धनगढी पठाईएको बिश्वकर्माले वताए ।
अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, क्वाटरमा बसोबास गर्ने सबै र ९ जना बिरामी गरि ९७ जनाको स्वाब कोरोना जाँचका लागि पठाइएको अस्पतालले जनाएको छ । कोरोनको आशंकामा राखिएका २ जना बिरामीको रिपोट पनि नेगेटि आएको अस्पतालले जनाएको छ । दुई जनालाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
बिरामी र स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर पठाएका थियौ, केही कोरोनाको आशंका पनि गरेका थियौ, सबैको रिपोट नेगेटिभ आएपछि अहिले बाजुरामा समुदाय स्तरमा कोरोना फैलि नसकेको हुन सक्ने अस्पतालले जनाएको छ । सबैको रिपोट नेगेटिभ आएको छ, अस्पताल बाजुरा अहिलेसम्म कोराना मुक्त नै रहेको अस्पताल ब्यबस्थापन समितका अध्यक्ष भरत थापाले बडिमालिका खबरलाइृ बताएका छन् । एक हप्ता पहिला स्वास्थ्य कार्यलय बाजुराले २ सय ५६ जनाको स्वाब सकंलन गरेर धनगढी पठाउदा १ जना कर्मचारीको रिपोट मात्र पोजेटिभ आएको थियो ।

चर्चामा

सम्बन्धित समाचार