बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • कुण्डा क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापनागर्न सर्वपक्षिय सहमती 

कुण्डा क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापनागर्न सर्वपक्षिय सहमती 

  • सोमवार, भदौ २९, २०७७
कुण्डा क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापनागर्न सर्वपक्षिय सहमती 

अनिल शाही — बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं.क माईलाका प्रशासन कार्यालय स्थापना गर्न सर्वपक्षिय सहमति भएको छ । आज पिलुचौरको सन्देशहोटेलको तालिमहलमा सम्पन्नभएको सर्वपक्षिय बैठकले चार वटै स्थानिय तहलाइ पाएक पर्नेठाउँमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नेकालागि गृहमन्त्रालय लाई अनुरोध गर्नेनिर्णय पारित गरिएकोे हो ।

जगन्नाथ गाउँपालिकाको आयोजनामा संचालन भएकोवैठकमा बाजुरा जिल्ला प्रदेश क का स्थानिय तहका प्रमुखहरू तथा सरोकारवाला विच कुण्डाक्षेत्रको समग्र विकासका सवालमा छलफल भएको छ । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिवहादुरशाहीको अध्यक्षतामा बसेको सर्वपक्षिय वैठक को प्रदेश संसद बल्देब रेग्मी प्रमुख अतिथी रहुनभएकोथियो ।

No photo description available.

आज आयोजित सर्वपक्षिय बैठकमा बुढीनन्दा नगरपालिकाका प्रमुख पदमकुमार गिरी,हिमालि गाउँपालिकाका अध्यक्ष गोविजन्द मल्ल, स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही विशिष्ट अतिथि रहनुभएको थियो भने स्थानियतहका जनप्रतिनिधि राजनितिकदलका प्रतिनिधि, नेकपा बाजुराका सचिवालय सदस्य जनक विष्ट, नेपालिकाग्रेस महाँधिवेशनप्रतिनिधि रामबहादुर बोहोरा,नागरीक समाजका अगुवा जनेश भण्डारी रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही लगायत अतिथि रहनुभएको थियो ।

जगन्नाग गाउपालिकका रोजगार संयोजक लक्ष्मणजोशीले संचलन गर्नुभएको बैठकको विषयबस्तुमा कार्यक्रमका अध्यक्ष कालिवहादुर शाहीलेप्रकास पार्नु भएको थियो । बैठकले ईलाका प्रशासन कार्यालय स्थापनाका लाई चार वटौस्थानिय तहका जनतालाई पाएक पर्ने ठाउँमा ईलाका प्रशासन कार्यालय स्थापन गर्नका लागिमाग गर्ने लैफुकवाडी सडक खण्ड अन्र्तगत पर्ने पिलुचौर भरतीकौसाडीमा पक्की पुल निमार्णगर्न नेपाल सरकारलाई माग गर्ने, र तत्काल यातायात सुचारुगर्न चार वटै स्थानिय तहले बजेटब्यबस्थागरी अस्थायीरुपमा ग्याविनहालेर यातायातका साधानहरु सुचारु गर्ने महत्वपुण निणयपारीत गरीएको छ ।

बैठकमा आगामीदिनमा पिलुपादुका देउरा धार्मीक पर्यटकिय महोत्सवआयोजना लगाएत कुण्डाक्षेत्रको विकासमा साझेदारीर सहकार्य गर्नु पर्नेलगाएत महत्वण विषयमा छलफल भएको नागरीक समाजका संयोजक जनेशभण्डारीले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार