बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • ४३१ जनामा कोरोना पुष्टि, २५८ जनाको ‘ट्राभल हिस्ट्री’ छैन्

४३१ जनामा कोरोना पुष्टि, २५८ जनाको ‘ट्राभल हिस्ट्री’ छैन्

  • सोमवार, भदौ २९, २०७७
४३१ जनामा कोरोना पुष्टि, २५८ जनाको ‘ट्राभल हिस्ट्री’ छैन्

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या झण्डै साढे चार सय पुगेको छ। आईतबार ६० जना थपिएसँगै संक्रमितको संख्या चार सय ३१ पुगेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ६७ जनामा आईतबार संक्रमण पुष्टि भएपनि ७ जना यसअघिकै संक्रमितको पुनः परीक्षण गरिएकाले थपिएकाको संख्या ६० मात्रै रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।

उनका अनुसार ६० जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ३१ पुगेको हो। आईतबार कोरोना पुष्टि भएका सबैजना ट्राभल हिस्ट्री नभएका व्यक्ति हुन्। उनीहरु मध्ये २८ जना धनगढीमै कार्यरत प्रहरी कर्मचारी हुन्। सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत २४ जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चार जनामा कोरोना पुष्टि भएको हो।

यस्तै १८ जना धनगढी उपमहानगरपालिका १ को नैनादेवी टोलका हुन्। धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या दुई सय ५२ पुगेको छ। संक्रमण पुष्टि भएका दुई सय ११ जनाले कोरोना जितिसकेका छन् भने दुई सय २० जना संंक्रिय संक्रमित रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार