बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • सडक खुलाउन बुढिगंगाका बासिन्दालाइ बडिमालिकाले दियो राहत

सडक खुलाउन बुढिगंगाका बासिन्दालाइ बडिमालिकाले दियो राहत

  • आइतवार, भदौ २८, २०७७
सडक खुलाउन बुढिगंगाका बासिन्दालाइ बडिमालिकाले दियो राहत

बाजुरा–साँफे मार्तडी सडक खण्ड खुलाउनका लागि बडिमालिका नगरपालिकाले बुढिगंगा नगरपालिका बासिन्दालाइ राहत दिएको छ । बुढिगंगा नगरपालिका १ अम्कोटमा पहिरोले सडक क्षतबिक्षेत बनाएपछि सडकलाइ सञ्चालन गर्नका लागि थोरै भएपनि अम्कोट बासिलाई राहत स्वरुप नगद दिइएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् ।
सडक सुचारु गर्दा स्थानियको जग्गा बाट ल्याउनुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको समन्वयमा बुढिगंगा नगरपालिका १ अम्कोटका १ सय ३० परिवारलाई ३ लाख १० हजार राहत दिएको मेयर बडुवालले वताएका छन् । प्रतिपरिवारलाई २३ सय ८८ रुपैया बराबरको खाद्यन्नका लागि राहत दिइएको नगरपालिकाले वताएको छ ।
साँफे मार्तडी सडक खण्डको अम्कोट लगायतका क्षेत्रमा पहिरो जाँदा दुई महिना देखि सडक अबरोध भएको थियो । बर्षात कम भए सँगै अम्कोट क्षेत्रमा सडक सुचारुका लागि काम भइरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । सडक बिभागले स्थानियलाइ राहत दिन असहमत भएपछि बडिमालिका नगरपालिकाले दिएको हो । त्यस्तै बुढिगंगा नगरपालिकाले पनि दिनुपर्ने भएपनि बुढिगंगाले दिएको छैन् ।
सदरमुकाम मार्तडीमा सडक जसरि पनि चाडो भन्दा चाडो सञ्चालन गर्नुपर्ने योजनाले बुढिगंगाका बासिन्दालाइ बडिमालिका नगरपालिकाले राहत दिएर बाटो खोल्ने काम अगाडि बढाएको बडिमालिका नगरपालिकाले जनाएको छ । बुढिगंगाको बल्दे सम्म सडक सुचारु भइसकेको छ भने अम्कोट काम भइरहेको छ ।
बुढिगंगा नदिमा बेलिब्रिज निर्माणका लागि पहल अगाडि बढिसकेको छ । जडाङ्गा सम्म सडक सञ्चालन भएपछि कैलालीको गोदावरीमा स्टोर गरिएको बेलिबिज्र ल्याएर जोडने रहेको सडक बिभागले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार