बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • बैतडीमा भेटिए दादुरा-रुबेलाका बिरामी

बैतडीमा भेटिए दादुरा-रुबेलाका बिरामी

  • आइतवार, भदौ २८, २०७७
बैतडीमा भेटिए दादुरा-रुबेलाका बिरामी

बैतडी : बैतडीमा दादुरा र रुबेलाका बिरामी फेला परेका छन् । यसै महिना बैतडीको पाटनमा दुईजना र दशरथचन्द नगरपालिकाका एकजनामा दादुरा रुबेलाको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

दशरथचन्द नगरपालिका २ का २ वर्षीय बालकमा रुबेलाको संक्रमण देखिएको छ भने पाटन नगरपालिका ४ का ४ वर्षीय बालक र पाटन नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको उनले बताए  । दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीहरुले उच्च सतर्कता साथ उपचार गरिरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।

दादुरा रुबेला देखिएका ठाउँमा स्वास्थ्यकर्मीहरुले अध्ययन गरिरहेका उनले बताए । दादुरा रुबेलाको संक्रमण देखिएका तीनैजनाले यसअघि खोप भने लगाएको पाइएको छ । खोप लगाएर पनि दादुरा रुबेला संक्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

दादुरा भएमा शरीरमा बिमिरा आउने, उच्च ज्वरो आउने, नाकबाट सिगान बग्ने, खोकी लाग्ने लगायतका लक्षण देखा पर्ने गरेका छन् । बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन लागि बच्चा जन्मेको ९ महिनामा पहिलो पटक र १५ महिनामा दोश्रो पटक दादुरा रुबेला खोप लगाउने गरिन्छ । अहिले जिल्लामा ३ जनामा मात्रै दादुरा रुबेलाको संक्रमण देखिएकाले आत्ति हाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार