• होमपेज
  • बाजुरा बिशेष
  • जहाज चढनका लागि पिसिआर रिपोट नै किर्ते

जहाज चढनका लागि पिसिआर रिपोट नै किर्ते

७ सय देखि १ हजारमा बन्छ नेपालगञ्जमा फर्जि रिपोट

  • आइतवार, भदौ २८, २०७७
जहाज चढनका लागि पिसिआर रिपोट नै किर्ते

बाजुरा — नेपाल सरकारले जहाज चढनका लागि पिसिआर रिपोट अनिवार्य गरेपछि कोरोनाको पिसआर रिपोर्ट नै किर्ते गरिरहेको खुलाशा भएको छ । नेपालगञ्ज बाट बाजुराको कोल्टि, हुम्लाको सिमकोट लगायतका ठाँउमा हुने उडानमा यात्रुहरुले पिसिआर रिपोर्ट किर्ते पेस गरेर यात्रा गर्ने गरेको पाईएको छ ।
नेपालगञ्जमा रहेको केहि स्थानिय दलालहरुले मेडिकल कलेज तथा सरकारी अस्पतालको लोगो लेटर प्याड र छाप नक्कली बनाएर पिसिआर रिपोट नेगेटिभको कागज बनाउने गरेका हुन् । नाम नभन्ने सर्तमा हुम्लाको ताजाकोट गाँउपालिका २ का एक स्थानियले भने नेपालगञ्ज बाट घर आउनु पर्ने जहाजमा आउनलाइ पिसिआर रिपोट अनिवार्य भएपछि आफु पनि दलालहरु बाट फर्जि पिसिआर रिपोट बनाएको वताएका छन् ।
पहिलो त रिपोटको १५ सय लाग्ने भनेका थिए, पछि ८ सय तिरेर बनाएको बताए । चेक गरम भने एक त रिपोट समयमै नआउने अर्को पोजेटिभ आए समस्या हुने भएकाले किर्ते रिपोट बनाइ मागेको बताए । आफु सँग बाजुराका आएका एकजना अर्कोले पनि किर्ते रिपोट बनाएको उनले वताएका छन् । नेपालगञ्ज बाट दैनिक जसो सामान र मान्छे बोकिरहेका छन् । नियमित उडान नभएपनि जहाज नै चाटर गरेर ल्याउने गरेका छन् ।
नेपालगञ्ज, सुर्खेत बाट सिता, समिट र तारा एरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । सुर्खेतमा पनि फर्जि रिपोट बनाउने गरेको पाईएको छ । फर्जि रिपोट बनाउमान एरलाइन्सका कर्मचारी समेत संलग्नता हुने गरेको पाईएको छ । नागरिक समाजका अगुवा जनेश भण्डारीले भने नेपालगञ्ज र सुर्खेतमा पिसिआर रिपोट फर्जि बनाउने गरेको पाईएको वताएका छन् । यसरी बाजुरा हुम्ला लगायतका जिल्लामा फर्जी रिपोट बनाएर आउने भएकाले कोरोनाका पनि उच्च जोखिम रहेको बताए ।
नेपालगञ्ज बिमान स्थलका एक सुरक्षा अधिकारीले भने सम्बन्धित जिल्लाको पास र पिसिआर रिपोट ल्याएर आउछँन । हामीलाई पिसिआर रिपोट सक्कली हो वा नक्कली हो कुनै जानकारी नहुने वताए । रिपोट नेगेटिभ आएको पछि यात्रुलाई छोडने गरेको उनले वताए । बाजुराको कोल्टि बिमान स्थलमा दैनिक ५ देखी ७ उडान हुने गरेका छन्, भने हुम्लाको सिमकोटमा दैनिक १० उडान सम्म सुर्खेत र नेपालगञ्ज बाट हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार