बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज थपिए २८ जना संक्रमित

सुदूरपश्चिममा आज थपिए २८ जना संक्रमित

  • शनिबार, भदौ २७, २०७७
सुदूरपश्चिममा आज थपिए २८ जना संक्रमित

सुदूरपश्चिम प्रदेशमा आज २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १२, कैलालीका ८, डोटीका पाँच, डडेल्धुराका दुई र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा तीन सय ६८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी कञ्चनपुरका १२ र कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीको धनगढी उप–महानगरपलिकाका चार जना, बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का दुई जना, टीकापुर नगरपालिका वडा नम्वर ८ का एक जना र लम्कीचुहा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ का १० जना र वडा नम्वर १० का दुई जनामा संक्रमण पुष्टि भएको छ।

उता जिल्ला अस्पताल डोटीको प्रयोशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका पाँच र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो। डोटीको सायल गाउँपालिकाका तीन, केआईसिंह गाउँपालिकाका दुई र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन्। वडा नम्वर ६ का दुई जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार चार सय ३४ पुगेको छ। उनीहरु मध्ये पाँच हजार चार सय जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार