शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३,१२० पुग्यो

नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३,१२० पुग्यो

  • शनिबार, भदौ २७, २०७७
नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३,१२० पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३७ हजार ५५४ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ। ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन्।

१० हजार १७६ सय जनाको आज पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप १४ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ३३६ पुगेको छ।

विस्तृत

चर्चामा

सम्बन्धित समाचार