सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • पितृश्राद्ध जस्तो नगरौं वि.पी.को समाजबाद!

पितृश्राद्ध जस्तो नगरौं वि.पी.को समाजबाद!

  • शुक्रबार, भदौ २६, २०७७
पितृश्राद्ध जस्तो नगरौं वि.पी.को समाजबाद!

यतिवेला नेपाली कांग्रेस भित्र आसन्न १४ औं महाधिबेशनको सरगर्मी बढेको छ।अहिलेको निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल गत वर्ष नै सकिएको हो । विशेष अबस्थामा एक वर्ष कार्यकाल थप्न पाउँने बिधानले ब्यबस्था गरेबमोजिमे एकवर्ष कार्यकाल थपेको छ । कोरोना महामारीको कहरले नरोके पूर्व निर्धारित समयमै आगामी १४ औं महाधिवेशन होला भन्ने आशागर्न सकिन्छ । यद्येपी विश्वलाई आक्रान्त पारिरहेको कोराना (कोभिड १९)का कारण महाधिबेशन सार्ने भन्ने बहस पनि उत्तिकै चलिरहेको छ ।
“पार्टी संगठन जीवन्त राख्नत्यसका अंगहरु चलायमान हुनुपर्छ ।कुनै पनि संगठनचलायमान हुन त्यस संगठनमा आन्तरिक मजबुत हुनु पर्दछ र त्यो संगठनले नीति, विधी र समाजवादी आचारणको पालना गर्नुपर्छ ।” पार्टी आफैमा एक अमुर्त संस्था हो । संस्थालाई मुर्त रुपदिन नेतृत्व पँक्तीमा नयाँ सोच विचार र लोकतान्त्रिक कार्यशैली अनिवार्य हुन्छ। तसर्थ लोकतन्त्रवादीका लागि अधिबेशन नै उत्तम विकल्प सहितको अचुक उपायहो ।यससन्दर्भमा अहिले यति बुुझौं ।
आजको समसामयिक सन्दर्भमा
विश्वले अवलम्वन गरेका मुख्यराजनीतिक वादको सक्षिप्त चर्चा र वि.पि.को समाजवाद अनि नेपालीकांँगे्रससंग सम्बन्धित धारणा राख्न चाहान्छु। विश्वेश्वर प्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीको सन्दर्भमा भाद्र २४ देखि तिन दिन सम्म विभिन्न औपचारिक कार्यक्रम गरी मनाईयो । यस पुनित अवसरमा विश्वेश्वर प्रसाद कोइराला प्रति मेरो पनि श्रद्धासुमन छ । “वि.पि. नेपाली राजनीति र साहित्यका मुर्धन्य धरोहर मात्र नभई दक्षिण एशियाकै एक नक्षेत्र हुन् ।” यसमा दुुईमत छैन । वि.पि. विश्वका महान मान्छे मध्येका एक स्मरण गर्नलायक ब्यक्तीत्वहुन् । तर,वि.पि.को स्मरणमा हिजोआज औपचारिक कार्यक्रम मात्र सिमित भैरहेकाछन् । विपि स्मृतीले भ्रचुअलमा पनि स्थान पाएको छ ।अझ फेसबुक ट्वीटर लगायत सामाजिक सञ्जालमा वि.पि.जयन्ती मनाउने त झन अनगिन्ती छन्।काँग्रेसजन अर्थात लोकतन्त्रवादीले त्यति गर्नु “विश्वेश्वर प्रसाद कोईराला ” प्रतिको सनातनी पृतीकर्म मात्र पुरागर्नु हो ।

जस्तै हिन्दुपरम्परा अनुसार पृती श्राद्ध गर्दा “बिरालो ”खोजिल्याएर भएपनि श्राद्धस्थल नजिकै बांँध्नै पर्ने मानसिकता अझपनि पाईन्छ । यो आपैmमा हिन्दु शास्त्रीय कुरा हैन । तर, यसलाई संस्कारका रुपमा विकास गरियो । यस विषयलाई जोडिनुको प्रमुख उद्येश्य नेपाली राजनीति विशेषगरी नेपाली काँग्रेस र यसको मुल आर्दश समाजका लागि पहिल्याउनुपर्ने बाटो र हालको परिस्थिती मुल्यांकन गर्नु हो । वर्षमा एक दिन आउने वि.पि.को सतवार्षिकी मनाउन तिथि कुरी बस्ने,अनि तिथिको दिन विश्वेश्वर प्रसाद कोईरालालाई विरालो झैं खोजीस्मरण गर्ने ! धुमधाम मनाउने । अरुदिन सुतिरहने हो भने यही प्रवित्तीले विपिको “ समाजवादको सपना” पुरा हुँदैन । बिपिको सामाजवादी आदर्शलाई आत्मसाथ गर्ने हो भने पार्टीमा आन्तरिक प्रजातन्त्र अथवा लोकतन्त्र सुदृढ गर्न लोकतन्त्रवादी सबैले एक ढिक्का हुनैपर्छ।अनिमात्र लोकतन्त्र र समाजवादलाई आदर्श मान्ने नेपाली कांग्रेस पार्टीमा आमुलपरिवर्तन गर्न सम्भव छ ।
अहिलेको परिबेसमा नेपाली कांग्रेसको समाजवादी आर्दशसंगैं समाजवाद वारे जान्न जरुरी छ । विश्व राजनीतिक ईतिहाँसमा आदिम काल देखि हाल सम्म प्रत्येक कालखण्डमा बिभिन्न राजनीतिक वादहरु प्रयोग हुँदै आएका छन् । पछिल्लो समयमा भने मुख्यतः तिन प्रकारका राजनीतिक वादहरु चर्चामा छन् । बिशेषगरी पूँजीबाद, समाजवाद र साम्यवाद ।उग्र पूँजीवाद र साम्यवादबाट जोगाउन लोकातन्त्रिक समाजबाद नै उत्तम विकल्प हो । “राष्ट्र हितका लागि ग्रामीण उत्पादनमा विशेष जोड दिनु र समान वितरण प्राणाली वि.पि.ले प्रतिपादन गरेको नेपालको मौलिक आर्थिक समाजवाद नै बर्तमान नेपालमा समृद्धीको यात्रा हो । ”त्यसैले विपिको समाजवाद अहिले गैह्र काँग्रेसका लागि पनि उत्तिकै मननयोग्य छ ।
समाजवादको सन्दर्भमा :
विश्वमा पहिलो पटक “पुुअर म्यान गार्जन” भन्ने पत्रिकामा १८३३मा “समाजवाद” शब्दको प्रयोग भएको पाइन्छ । रर्बट, ओबेन, रेब्यान्ड
फरियर साइमन जस्ता विद्धानले त्यतिबेलै समाजवादको परिकल्पाना गरेका थिए । विश्वमा औद्योगिक क्रान्तिसँगै उदाउँदो पँजीबाद पछि समाजवादको प्रयोग हुन थालेको हो ।अहिलेको विश्व परिवेशमा समाजवदी अर्थनीति किन समय सापेक्षा हुदै गएको छ ? लोकतान्त्रिक समाजवाद वा प्रजातन्त्रलाई बुुझ्न आबस्यक छ । विपि का अनुसार समाजवादले देशको आर्थिक ब्यबस्थालाई ईगिंत गर्दछ भने प्रजातन्त्रले शासन ब्यबस्थालाई ।
समाजवाद सन१८३० देखि १८६० सम्म धेरै आदर्शका रूपमा रहँदै आयो । समाजवादी सिद्धान्त जन्मेपछि साम्यवादी सिद्धान्त आएको हो । संसारमा जति पनि नयाँ देशहरू छन्, केही न केही थोरै-थोरै रूपमा तिनले समाजवाद प्रयोग गरेको देखिन्छ ।
आर्थिक समाजवाद नै जनकल्याण नीति
उदाहरणका लागि पुँजीवादमा ३५ जना मजदुरले कुनै एउटा फ्याक्ट्रीमा रु.१५ लाख कमाइ गर्छन् भने रु. १२ लाख कम्पनी मालिकको हातमा पर्छ रु.३ लाख मजदुर अथवा श्रमिकले ज्याला पाउँछन् । तर, समाजवादमा के हुन्छ भने श्रमअनुसारको मुल्य पाउँछन् । यसलाई जनकल्याण नीति पनि भनिन्छ । समाजवादमा सबैको बराबर अवसर हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।उत्पादनमा बृधी समान वितरण प्रणाली यसका मुल मान्यता हुन् ।

साम्यवाद
साम्यवाद एउटा अमुर्त परिकल्पना मात्रहो , यथार्थमा विश्वमा अधिनायकवादका रुपमा देखा परेका दृष्टान्त छन् । यो वाद आधुनिक विश्वमा हैनै बरु आदिम समाजमा बर्गविहिन समाज थियो ।
साम्यवादले वर्गविहिन समाजको परिकल्पना गर्दछ । यो ब्यबस्थामा राजा देखि रङ्क कोही हुंदैन । एक दलीय शासन ब्यबस्था हुन्छ । लोकतन्त्र प्रजातन्त्र हुंदैन । जनताको नीजि सम्पति हुंदैन । समग्रमा सबै जनताका प्रतिनीधि सबै जनाता हुन्छन् । कार्लमाक्सको यही काल्पनिक माक्सिजम२०औं सताब्दी सम्म चर्चित भयो । यही चर्चाका आधारमा जनताले “४०-५०” को दशकमा संसारभरि धैरै देशले कम्युनिष्ट सिद्धान्त प्रयोग गरेको पाइन्छ । धेरैलाई सुरु-सुरुमा यो सिद्धान्त मन पर्‍यो । रूस, क्यूबा, नकराबा, चीन, लाओस, भियतनाम, उत्तर कोरिया, भेनेजुएला, कम्बोडिया आदि देशमा क्रान्ति सुरु भयो, तर आर्थिक रूपमा चीनबाहेक कुनै पनि देश सम्पन्न हुन सकेनन् । कार्ल माक्र्सको सिद्धान्त परिवर्तनमा आधारित छ । तर यथार्थमा यो शिद्धान्त लागुहुन सकेन लागुु भएका देशमा पनि चोइटिदै विलिन भए ।
(श्रोत विभिन्न अध्ययनसामाग्री बाट )
नेपालका सन्दर्भमा कम्युनिजम
नेपालमा पनि साम्यवादी विचार भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले निकै कठिन देखिन्छ । २००६ सालमा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे, तर पछि आएर धैरैले आ-आफ्नो ढंगले विश्लेषण गर्दै आएको पाइन्छ । तत्कालिननेकपा एमालेका मदन भण्डारीले बहुदलीय जनवादको अवधारणा ल्याए । यो भनेको के हो भने बहुदल मान्छु, लोकतन्त्र मान्छु र राजा पनि मान्छु भन्ने अवधारणा थियो।
उक्त अवधारणालाई मनन् गर्दै नेपालमा कम्युनिस्टको संख्या पनि बढेको हो भन्ने विश्लेषण गरिन्छ, तर यो अवधारणालाई लत्याएर माओवादीले हतियार उठायो । साम्यवादको नारा दियो, तर अहिले यो नाराबाट ऊ पनि पछि हटेको छ । त्यसैले अहिले माओवादी फुटेर टुक्राटुक्रा भएको छ । नेपालमा तत्कालिन नेकपाएमाले, नेकपा माओवादी र नेकपाले देशको नेतृत्व लिएको ८ वर्ष पुगेको छ । पछिल्लो समयमा प्रधानमन्त्री एबं नकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड वीच लामो तिक्तता पछि तत्कालका लागि भागबन्डामा हिसाव मिलेको छ । नेकपाको झण्डै दुुई तिहाईको सरकारलाई नेपाली नागरिकलेनजिकवाट अनुुभव गरिरहेका छन् । नेकपावाट जनता समृद्धीमा कि नेता समृद्धमा ! नेपालमा पार्टी छोड्ने र प्रवेश गर्न जातीय धार्मिक , सांस्कृतिक कारण देखिन्छ । नेपालमा ९० प्रतिसत नागरिकहरु लहलहैमा लागेर पार्टी विपार्टी भएका देखिन्छन् । कोही क्षेत्रीको रिसले बाहुनलाई ठेगान लगाउन एउटा पार्टीमा लागेको देखिन्छ भने कोही क्षेत्रीलाई ठेगान लगाउन अर्को पार्टीमा लागेको देखिन्छ ।बैचारिक सैद्धान्तिक बहस भन्दापनि रिसराग आवेगमा सदस्य वनेका छन् । भाई-भाई वीच साँध सिमानामा कुरा नमिल्दा पार्टी परित्याग गरेको कैंयौं उदाहरण छन् ।
आर्थिक समाजवादी लोकतन्त्रनै उपयुक्त
विपिकोईरालाले भनेका छन् “साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद बन्छ ।समाजवादवाट प्रजातन्त्र झिकिदिए साम्यवाद बन्छ । ”
विपिको समाजवाद ले आर्थिक समृद्धीको खाका दिएको छ। के नेपाली कांग्रेस लगायतका लोकतान्त्रिक आचरण बोकेका राजनीतिक दलले वि.पि.को समाजवादी नीति ब्यबहारमा ल्याएकाछन् ?

“सबै नेपालीको एउटा सानो घरहोस् । गरी खान पुग्ने खेतबारी होस् । एउटा दुहुने गाई होस् । छोराछोरी स्कुल पढ्न पाऊन् । स्वास्थ्य उपचार गर्न पाऊन् । यही हो नेपालको सन्दर्भमा समाजवाद हो ।”विपीले यही भनेका छन् ।

बिक्रम संवत २०१५मा देशको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले प्रजातान्त्रिक शासन ब्यबस्थासमालेका वि.पि.कोईरालालाई २२ महिनामा राजा महेन्द्रले सत्ता च्युत गरे । उनले समृद्ध नेपालको खाका २०१५ सालमै कोरेका थिए । अहिले नेपाली कांग्रेस विपिको मार्गदर्शन भन्दै ईतिहांसका पाना घोक्दै विरासतको राजनीति गर्दैछ ।
काँग्रेस कहाँ चुक्यो
प्रजातन्त्र पूर्नवहाली पछि पनि नेपाली कांग्रेसको नेतृत्वमा वहुमतको सरकार बनेको थियो । सत्ता उन्माद्मा नमात्तिएर कांग्रेसले विपिको समाजवादी अर्थनीति अवलम्वन गरेको भए अहिले देश यो अवस्थामा हुने थिएन होला । कांग्रेसमा२०४८ देखिकै गुँटको राजनीति शुरुभयो । त्यसको दुश्परिणाम कांग्रेसले अहिले पनि भोग्दै छ । कांग्रेस नेता अझै पनि सत्ताको सपनामा लिप्त छन् । तर, लोकतन्त्रवादी नागरिकले समाजवादी अर्थनीति विहिन भएको महशुस गरेका छन् । कम्युनिष्ट अधिनायकत्वको मारमा परेका छन् । समृद्ध गाउँका सपना सपनामै सिमित छन् ।
नेपालमा झण्डै १६वर्ष नेपाली काँग्रसको नेतृत्वमा सरकार सञ्चालन भएको हो । कांग्रेसको पालामा भएजतिका उद्योग धन्दा निजिकरण गरे । ६०/६३ उद्योग बन्द भए । आम्दानीका प्रमुख श्रोतमानिएका सरकारी सवामित्वका कम्पनी सबै धरासायी बने।विद्यालय, विश्व विद्यालयहरु सबै निजि क्षेत्रलाई प्रथमिकता दिइयो । स्वास्थ्य संस्थामा निजि क्षेत्रको पहुंच बढायो । सरकारी संरचना उद्योग कलकारखाना ध्वस्त हुंदै गए । नागरिक पहुंच भन्दा पनि मतियार गोतियार नियुक्त गरिए । कांहाँ लागुभयो ? विपिको आर्थिक समाजवादी नीति?
हो, अहिले देशमाफाटा लुुगा लगाउनेको कमी आए पनि गरिवीघटेको छैन। न्यानो कपडा सेतो भात खाए पनि घरबुना कपडा र चिनो कागोनो स्थानीय उत्पादन मा ह्रास आएकोछ। तराईका फाँटमा धान फलाउने , हिमालमा चौंरी चराउने र पहाडमा भेडा बाख्रा पाल्नेको जमात विलय भएको छ । दैनिक हजारौंको संख्यामा युवाजनशक्तीहरु खाडी मुलुकको ४५ डिग्री माथिको तापमापन गरिरहेका छन् । कहाँ लागुु भयो विपिको युवा तथा अर्थिक स्वरोजगार नीति ?
शिक्षामा माफिया सञ्जाल , उद्येगमा माफिया, जग्गामा दलाल, किसानको फोटो राखेर कृषी नीति तथा कार्यक्रम बजेट बनाउनु पर्छ भन्ने विपिको आर्थिक समाजवादलाई तत्कालिन सत्ताधारी कांग्रेसले कहिलै मनन गरे ?उदाहरणका लागि जसकोजीवनमा कृषी सम्बन्धी न्युनतम ज्ञान छैन ,उसैलाई कृषी मन्त्री ।कृषी विशेषज्ञे , जस्लाई शिक्षाका न्युनतम ज्ञान छैन उनी शिक्षा मन्त्री, शिक्षा विज्ञ । जसको उद्योग सम्बन्धी कौडी नलेज छैन उनी मन्त्री, जिएम ,विपिको सामाजिक न्यायको सिद्धान्तले त्यसै गर त भन्दै होला।
जस्को जोत उसको पोत भन्ने वि.पि.का अनुुयायीहरुले बैज्ञिानिक कृषी नीति लागुगरेका भए आज सयौं एक्कड जमिन बाँझो रहदैन थियो । तत्कालिन एमालेको सरकार (मनमोहन सरकार ) वितरणमुखी अबधारण अनुसार ०५२मा राष्ट्रिय ढुकुटीबाट १०० रुपिया बृधलाई भत्ता दिने कार्यक्रमले अहिले सम्म उसको ब्याज खाईरहेको छ । तर, देशको हरेक परिवर्तनमा नेतृत्व लिएको काँग्रेसले अहिले हण्डर किन खानु परेको हो ?लोकतन्त्रमा कहिले सत्तामा र कहिले विपक्षमा रहनु स्वभाविक हो । तर काँग्रेस पछिल्लो समयमा नराम्ररी खुम्चिनुपरेको छ। वर्तमान नेकपा सरकारले दर्जनौं भ्रष्टाचार , सयांै अनियमितता ,कयौं राष्ट्रीय कुटनीतिक मर्‍यादा विपरित र मानव अधिकार उलँघनका घटना बोकेर सरकार सञ्चालन गरेको छ । किन सरकारी थिचोमिचो विरुद्ध कांग्रेस बोल्न सक्दैन ?के नेपाल न्याय हराएको देश हो ? किन कांग्रेसले एक कुनावाट सक्रिय प्रतिपक्षको भुमिका निर्वाह गर्न सक्दैन ?
राजनीतिक स्वाधिनतका सन्दर्भमा :
उत्तरको छिमेकी विशाल देश चिनको आधुनिक विकास हेर्ने हो भने ७० वर्षभन्दा लामो ईतिहाँस छैन । आज “चिन”विश्वको समृद्ध महाशक्तीमा राष्ट्रको सूचीमा पर्छ । त्याहां पनि आर्थिक समाजवादी नीतिका कारण चिन समृद्धीमा पुुगेको छ । न कि त्याहाँचरम साम्यवादी प्रणाली छ ।
यता पश्चिममा छिमेकी मुलुक गणतन्त्र “भारत” पनि सन १९४७ स्वतन्त्र भएको हो ।विकसित मुलकमा गणना भएको छ।
भनेपछि नेपाली पनि १९४७ अर्थात २००७ सालमा जहानीयाँ राणा शासन वाट मुक्त भएको हैन । एक स्वतन्त्र स्वाभिमानी देश भएको हैन ?७० वर्षको ईतिहाँसमा नेपाली राजनीति राजा, पञ्चायत र प्रजातन्त्रवादी अनि कम्युुनिष्टधारीले देशलाई कहाँ पुुर्‍याए?
अन्तमा
वि.पि.को समाजवादी अर्थ नीति कुनै देशबाट आयातित दर्शन नभई , उनको मौलिक समाजवादका प्रेणयता उनका “पिताजी” कृष्ण प्रसाद कोईरालाले “ढाक्रेको नाजुक अवस्थादेखेर तत्कालिन प्रधानमन्त्री चन्द्र सम्शेरलाई जानकारी गराउन ढाक्रेका शरिरका जुम्रा भएका फाटा कपडा पार्सल गरी शिंहदरवार पठाएका थिए ।” तत्पश्चात उनको सर्वश्व हरण भयो । प्रवासी जीवन विताउन विवस भए ।समाजकालागि “बुवाले ”ले गरेको योगदानबाट प्रभावित थिएविपि । त्यसै कारण गरीबका साथी विपिकोईरालाको मौलिक समाजवादी अर्थनीति नै नेपालीजनका लागि दर्शन बन्न पुग्यो ।
जनताले आफ्ना अधिकारहरु राम्ररी प्रयोग गर्न अवसर पाउँदा राष्ट्रियता मजबुद हुने विपिको धारणा थियो । राष्ट्रियताले जनता, भौगोलिक अखण्डता, सार्वभौमिकता सहित राष्ट्रको पहिचानमा उनी कटिवद्ध थिए ।
त्यसैले विपिको आर्थिक समाजवादलाई पछ्याउन सोह्र श्राद्धमा पितृत्रपण गर्न विरालो खोजे झै ं विपि खोज्दैमा उनले चाहेको आर्थिक समाजवादी ब्यबस्था आउँदैन । आर्थिक समाजिक समृद्धीको ब्यबस्था त्यतिवेला आउँछ जब नेपालका राजनीतिक दलका नेताको आचरण तथा कार्यशैली शुध्रिने छ । नागरिकको आर्थिक सामाजिक जीवनशैलीमा ब्यापक पविर्तन भएको हुने छ । ईति……..
(लेखक  प्रजातान्त्रिक विचार समाज नेपाल  बाजुरा शाखाका अध्यक्ष हुन्)

चर्चामा

सम्बन्धित समाचार