शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • त्रिनगर नाका भएर चार दिनमा २५ सय नेपाली भारत पसे

त्रिनगर नाका भएर चार दिनमा २५ सय नेपाली भारत पसे

  • शुक्रबार, भदौ २६, २०७७
त्रिनगर नाका भएर चार दिनमा २५ सय नेपाली भारत पसे

चैतदेखि साउनसम्म रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले त्रिनगर नाका भएर स्वदेश फर्किनेको लर्को थियो। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सो अवधिमा झण्डै दुई लाख ५० हजार नेपालीको उद्धार भयो र उनीहरुलाई सम्बन्धित जिल्लासम्म पठाइयो।

तर भदौमा आएर दृष्यि फेरिएको छ। अहिले पनि स्वदेश फर्किने क्रम जारी छ तर दोब्बर बढि नेपाली भने मजदुरीका लागि भारत गईरहेका छन्। भारतमा दिनकै ७० हजार कोरोना संक्रमित फेला परिरहेका छन् तर भोकसंग हारेर नेपालीहरु त्रिनगर नाका भएर भारत गईरहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बिहिवार पनि त्रिनगर नाका भएर स्वदेश फर्किने भन्दा भारत जानेको संख्या बढि रहेको बताए। उनका अनुसार बिहिवार ८ सय ४४ जना भारत पसेका छन् भने चार सय ५६ जना मात्रै स्वदेश फर्किएका छन्।

उता गड्डाचौकी नाका भएर बिहिवार ८९ जना भारत गएका छन् भने ५९ जना मात्रै नेपाल भित्रिएका छन्। त्रिनगर नाका भएर मात्रै पछिल्लो चार दिनमा दुई हजार पाँच सय नेपाली भारत पसेको प्रहरीसंग तथ्यांक छ।

बेरोजगार बस्दा छाक टार्नसमेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको अधिकासं सुदूरपश्चिमवासीको भनाइ छ। गाउँमा केही काम नपाएर जन्मथलो छाडेर जान लागेको उनीहरु बताउँछन्।

भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सिमानाकाबाट प्रवेश दिइरहेको छ। कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर समेत भारत जाने गरेको छन्।

चर्चामा

सम्बन्धित समाचार