बाजुरा– बडिमालिका नगरपालिकाको जडाङ्गमा नेपालि सेना र स्थानियको सक्रियता काठेपुल निर्माण हुन लागेको छ । साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले जडाङ्गमा रहेको बेलिब्रिज र झोलुङ्गे पुल वगाएको थियो ।
बुढिगंगा नदिले पुल बगाँउदा केही दिन आवतजावत बन्द भएको थियो । स्थानियले अस्थायि रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए । नदिमा पानिका मात्र कम भए सँगै नेपाली सेना र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर समेत आवतजावत गर्ने सक्ने बडिमालिका नगरपालिका ४ अध्यक्ष सुरेन्द्र नाथले वताएका छन् ।
अस्थायि रुपमा भएपनि काठ हालेर पुल बनाउन लागेका छौ, नेपाली सेनाले यसमा ठुलो सहयोग गरिरहेको स्थानिय धनकला बढुवालले वताएकि छन् । पुल बनेपछि खच्चर बाट सामान ढुवानी गर्नमा सहज हुने देखिएको छ । बुढिगंगा नदिमा बेलिबिज्र बगाएपछि सदरमुकाम मार्तडी सडक सम्पर्कमा बिच्छेद भएको छ ।
२५ गते राति आाएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वताएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो । साँफे मार्तडी सडक खण्ड असार यता नै अबरोध रहेको छ । ताप्रिसेरामा रहेको पक्कि पुल समेत बगाएको छ भने बार्जुगाड देखी मार्तडी सम्म ठाँउ ठाँउमा सडकमा पहिरो गएको थियो । सडक सञ्चालनका लागि स्थानिय, प्रदेश र संघ सरकार लागिरहेका छन् ।
जडाङ्गमा बेलिब्रिज निर्माण चाडै हुने सडक बिभागले जनाएको छ । कैलालीको गोदावरीमा मौजात रहेको बेलिब्रिज ल्याउने तयारी रहेको सडक बिभागले जनाएको छ । अम्कोटका बल्देबमा सडक सञ्चालनका लागि डोजर मार्फत काम भइरहेको छ ।