बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • पैशा नहुँदा पाठेघर खस्ने समस्याको राेग पाल्दै रजि तिरुवा (भिडियाे सहित)

पैशा नहुँदा पाठेघर खस्ने समस्याको राेग पाल्दै रजि तिरुवा (भिडियाे सहित)

  • मङ्लबार, भदौ २३, २०७७
पैशा नहुँदा पाठेघर खस्ने समस्याको राेग पाल्दै रजि तिरुवा (भिडियाे सहित)

बाजुरा– बुढिनन्दा नगरपालिका २ बस्ने ३५ बर्षिय रजि तिरुवाले आर्थिक अभाबमा तिन बर्ष देखी रोग पालिरहेकि छन् । उनको लामो समय देखी पाठेघर खस्ने समस्या भोग्दै आएपनि पैशा नहुँदा उपचार गर्न नसकेको स्थानिय स्वयमसेविका राधा कार्कीले वताएकि छन् ।
५ बटा बच्चा जन्माएकि रजिको तेस्रो सन्तान जन्माउदा देखि समस्या शुरु भएको थियो । तिन बर्ष देखि भने समस्या बल्झिदै आएको रजिले वताईन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा तिन बर्ष पहिला सञ्चालन भएको शिबिरमा चिकित्सकले पाठेघरमा दुई ठाँउमा मासु पलाएको भन्दै अप्रेसन गरेको थियो । केही समय सामान्य सञ्चो भएपनि फेरि उनको समस्या पहिलाकै जस्तो भएको श्रीमान कर्ण तिरुवाले वताएका छन् ।
गत असार महिनामा उनि उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेकि थिईन् । अस्पतालले एक ठाँउमा मासु पलाएको र अर्को ठाँउमा घाउ भएको भन्दै सेति प्रादेशिक अस्पताल रिफर गरेको थियो । चिकित्सले पाठेघर नै फाल्नुपर्ने हो, यहाँ सम्भब नभएको भन्दै धनगढी रिफर गरेको हो ।
अस्पतालले रिफर गरेको भएपनि रजि तिरुवा भने पैशा नभएपछि घर फिर्ता भएकि छन् । उनले भनिन्, मार्तडी सम्म त जेनतेन गरेर गए, धनगढी जानलाई भाडा समेत नभएपछि रोग पालेर घरमै बसिरहेको वताईन् । सेतो पानि बग्छ, कहिलेकाँहि रगत समेत आउने गर्छ, तल्लो पेट दुखिरहन्छ, सामान्य काम समेत गर्न नसकेको वताईन् । १५ बर्षको उमेरमै बिहे गरेकि रजिले १७ बर्षको उमेरमा पहिलो सन्तान जन्माएको वताईन् ।
परिवार नियोजनको चेतना थिईन् । धेरै बच्चा जन्माए, जन्माअन्तर पनि कम भयो अहिले त एकातिर पाठेघरको समस्या अर्कोतिर निकै कमजोरी रहेको वताईन् । उपचार गर्नका लागि गाँउमा रिन खोजे कतै नपाएको उनका श्रीमान कर्णले वताए । जग्गा जमिन पनि छैन्, बिक्रि गरम भने म यस्तै मर्नु भन्दा अरु बिकल्प नभएको उनले वताएकि छन् ।
बाजुरामा रजि जस्तै धेरै महिलालले आर्थिक समस्या हुँदा रोग पालि रहेका छन् । स्थानिय स्वास्थ्य संस्थामा उपचार हुदैन बाहिर लग्नलाई पैशा नहुँदा रोग पालिरहने समस्या रहेको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाहले वताए ।

https://www.youtube.com/watch?v=CmwQtFV34uI&t=32s

चर्चामा

सम्बन्धित समाचार