शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विदेशबाट सोमबार ७०३ जना नेपाल फर्किए

विदेशबाट सोमबार ७०३ जना नेपाल फर्किए

  • मङ्लबार, भदौ २३, २०७७
विदेशबाट सोमबार ७०३ जना नेपाल फर्किए

काठमाडौं : सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल आएका हुन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज पाँच अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेश फर्किएका हुन्। केन्द्रकाअनुसार साउदी अरवियाबाट १५४ जना, कतारबाट २२५ जना, मलेसियाबाट १४० जना , कतारबाट १४५ जना फर्किएका छन्। त्यसैगरी ५ कुटनीतिज्ञ, ५ पाकिस्थानी नागरिक र ४ जना सार्कसचिवालयका गरी २९ जना पाकिस्थानबाट नेपाल आएका छन्। मलेसियाबाट २ वटा शव ल्याइएको छ।

उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगेर आवश्यक सोधपुछ र परीक्षण पश्चात सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ। लकडाउन भएदेखि आइतबारसम्म ५८, ०४६ जनाको नेपाल आएका थिए।

चर्चामा

सम्बन्धित समाचार