मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाबाट थप ११ को मृत्यु : मृतकको संख्या ३०० पुग्यो

कोरोनाबाट थप ११ को मृत्यु : मृतकको संख्या ३०० पुग्यो

  • सोमवार, भदौ २२, २०७७
कोरोनाबाट थप ११ को मृत्यु : मृतकको संख्या ३०० पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आइतबार मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो।

पछिल्लो २४ घण्टामा मात्रै ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। सोमबार संक्रमितमा हुनेमा महिला र पुरुष छन्। आइतबार मात्रै २९० महिला र ६९० पुरुष गरी ९८० जनामा संक्रमण देखिएको थियो।

१६ हजार २५९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ९ हजार ७९ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १९० छन्। क्वारेन्टाइनमा ४ हजार ७३९ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २१८ नमूनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ छ। यो ६५ प्रतिशत हो। यस्तै मन्त्रालयका अनुसार १७१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २० भेन्टिलेटरमा छन्।

चर्चामा

सम्बन्धित समाचार