मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • सेती अस्पतालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार

सेती अस्पतालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार

  • सोमवार, भदौ २२, २०७७
सेती अस्पतालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार

धनगढीः सेती प्रादेशिक अस्पतालले पहिलो पटक प्लाज्मा थेरापी विधीबाट संक्रमितको उपचार सुरु गरेको छ।

सेतीले नै व्यवस्थापन गर्दै आएको अस्थायी कोभिड अस्पतालको आइसोलेसनको सघन उपचार कक्ष आईसियुमा उपचाररत धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो।

अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले आईतबार उनको प्लाज्मा थेरापी विधीबाट उपचार गरिएको जानकारी दिए।

डा. कमरले कोरोना जितेका धनगढीकै २२ वर्षीय पुरुषको प्लाज्मा संक्रमित महिलामा ट्रान्समिट गरिएको बताए।

प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमण मुक्त भएका व्यक्तिको प्लाज्मा गम्भीर प्रकृतिका संक्रमितमा ट्रान्समिट गरे कोरोनालाई न्युटिलाइज गर्ने चिकित्सकले बताउँदै आएका छन्।

संक्रमण मुक्त भएका व्यक्तिको शरीरले एन्टीबडी बनाइसकेको हुनाले भाईरससँग लड्न मद्दत पुग्ने विश्वास गरिन्छ।

चर्चामा

सम्बन्धित समाचार