मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा र काँग्रेस कार्यकर्ता बिचको के हाे त नन्दापाटा गाँउकाे द्धन्द्ध

नेकपा र काँग्रेस कार्यकर्ता बिचको के हाे त नन्दापाटा गाँउकाे द्धन्द्ध

  • शनिबार, भदौ २०, २०७७
नेकपा र काँग्रेस कार्यकर्ता बिचको के हाे त नन्दापाटा गाँउकाे द्धन्द्ध

लक्ष्मिराज पाध्याय/स्थलगत रिपोट

कवाडी — हिमाली गाँउपालिका ५ नन्दापाटा गाँउ पार्टिका दन्द्धआत्मक गतिबिधीका कारण आतंकित बनेको छ । बिहिवार राति नेकपा र काँग्रेस समर्थक कार्यकर्ताको झडपले गाँउनै अशान्त बनेको स्थानियले छ । नेकपा र काग्रेँसका झगडाका कारण गाँउनै द्धन्द्धतिर गइरहेको छ ।
नेपाली काँग्रेसको दिउँसो क्रियाशिल बितरण तथा भेटघाट कार्यक्रम रुगिनमा सम्पन्न भएको थियो । साँझ कार्यक्रम सकेर नन्दापाटा गाँउमा काँग्रेस समर्थक नेता कार्यकर्ता घर फर्किएका थिए । काँग्रेस कार्यकर्ताले एक ठाँउमा खाना पकाएर (मेस) चलाएर खाना खाइरहेका थिए । त्यहि बेला नेकपा र काँग्रेस कार्यकर्ता बिच झडपको शुरुवात भएको थियो । नेकपा र काँग्रेसको आ आफ्नै तर्क रहेका छन्, पहिला अर्कोले हामि माथि आक्रमण गरेको बताइरहेका छन् ।


नेकपा र काँग्रेसका केही कार्यकर्ताले मदिरा सेवन गरेर हो हल्ला गरेपछि झडपको अबस्था सिर्जना भएको थियो । गाउँपालिकाले मदिरा हिमलाली पुरैलाइ निषेिधत क्षेत्र घोषण गरेकाे छ । एकले अर्कोलाई हो हल्ला मार्फत आरोप लगाइरहँदा ढुङ्गा हाना भएको थियो । काँग्रेसले आफुहरु खाना खाइरहेका बेला माथि बाट ढुङ्गा हानेको वताएका छन् । नेकपा समर्थक कार्यकर्ताले भने उनिहरु घरमै आएर आक्रमण गरेको वताएका छन् ।
काँग्रेसले आफ्ना कार्यकर्ता माथि नेकपाले आक्रमण गरेको भनेका छन्, नेकपा समर्थकहरु काँग्रेसले आफ्ना कार्यकर्ता माथि आक्रमण भएको जनाएका छन् । स्थानिय कवाडी प्रहरी चौकि हुदै जिल्लामा समेत दुबै पक्ष उजुरी गर्न दौडधुप लागि पुगिसकेका छन् । कवाडी प्रहरी चौकिमा निवेदन दर्ता भएको अनुसार र स्थलगत घटनाको अध्यन गरिरहेका प्रहरीका अनुसार नेकपा समर्थक गुरु भण्डारी र डबले लुवार घाइते भएका छन् । त्यस्तै काँग्रेस समर्थक जनसरि कार्की र उनका नावालक छोरा घाइते भएका छन् ।


बिहिवार राति भएको घटना शुक्रवार बिहान कवाडी प्रहरी चौकिमा दुबै पक्ष पुगे । कवाडी प्रहरी चौकिका ईन्चार्ज कर्ण बुढाका अनुसार शुक्रवार दिनभरी पिडित पक्ष मिल्न पनि खोज्ने र मिलाउने प्रयास गरे तर केही स्थानिय नेताहरुले दुबै पक्ष नमिल्न दिएपछि जिल्ला प्रहरी कार्यलय बाजुरा मा घटना गएकाे बताएका छन् । घटना स्थल पुगेका एक प्रहरीका अनुसार सामान्य झडप र विवाद हो, तर यहाँ त झगडा एक गर्छन्, झगडा माथि पाटि खेल्ने भएकाले ठुलो वनाएको उनले वताएका छन् । जसरी बाहिर आए अनुसार दुबै पक्ष गम्भिर घाइते नभएको प्रहरी बताँउछ । गाउँपालिका अध्यक्ष समेत गोबिन्द्र बहादुर मल्ल समेत सो कार्यक्रममा सहभागी रहेका थिए ।
काँग्रेस र नेकपाका आ आफ्नै अडान भएपनि दुबै पक्षका स्थानिय नेता कार्यक्रता झगडा मिलाउने भन्दा द्धन्द्ध चर्काउने तिर लागेको पाइएको छ । नन्दापाटा गाँउमा ७३ परिवार बसोवास गर्दै आएका छन् । गाँउमा नेकपा भन्दा काँग्रेस समर्थकको बाहुल्यता बढि देखिएको छ । पहिला पहिला त गाँउ राम्रो सँग मिलेको थियो, अहिले पाटिका कारणले झै झगडा बढेपछि गाँउनै आतंकित बनेको स्थानिय टुल्की बिकले बडिमालिका खबरलाई बताएकी छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाका अनुसार दुबै पक्ष जिल्लामा पुगिसकेका छन्, कवाडी प्रहरी चौकिमा दिएको निवेदन र जिल्ला प्रहरी कार्यलय बाजुरामा दिएको निवेदनको ब्यहोरा फरक रहेको वताएका छन् ।
हिमाली गाँउपालिका ६ धिममा पनी एक महिना पहिला नेकपा र काँग्रेस बिचको झगडा भएको थियो । दुबै पक्षले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए । हिमाली गाँउपालिका धेरै गाँउ राजनितिक द्धन्द्धले गाँउ आतंकित बनिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार