स्वास्थ्य सेवा भनेको अल्पकालिन होईन सधैँ चाहिने कुरा हो, हरेक नागरिक स्वास्थ्य बिमामा आवद्ध हुने हो भने न्याय हेल्थ नेपालले समुदायदेखि अस्पतालसम्म प्रदान गरिरहेको गुणस्तरिय सेवा दिर्घकालिन रुपमा संचाल र्ग सकिन्छ । तर यसमा सबै राजनितिक दल, जनप्रतिनिधी, स्वास्थ्य क्षेत्रका बिज्ञ समाजसेवी नागरिकले जिम्मेवार बोध गर्नुपर्छ ।
डा. गौचन ।
मैेले एक दशकमा अछामका हरेक क्षेत्रको पाटो चिन्ने र बुझ्ने अवसर प्राप्त गरे । यसबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाँए, सुदूर पहाडका ७ जिल्ला मध्ये अछाम भाग्मानी जिल्ला हो, बर्षमा १ लाख बढी जनताले प्रत्यक्ष सेवा पाएका छन् । अकालमै मृत्यु हुने दर रोकिएको छ । ठुलठुला जटिल प्रकारका शल्यक्रिया जिल्लामै सफलतापुर्वक हुने गरेका छन् ।
डा. गौचन ।
न्याय हेल्थले सुरु गरेको यो प्रणाली देशभरको लागि नयाँ मोडेलका रुपमा अध्ययन गर्न सकिने गरी बिकसित भएको छ । सामुदायिक स्वास्थ्य कार्यक्रम, डिजिटल प्रबिधि तथा सेवाको स्तरलाई हेर्ने हो भने यो देशको लागि अध्ययन गर्न मिल्ले खुल्ला किताब भएको छ । सरकारले प्रतिव्यक्ती बर्षमा एक हजार छुट्याउन सकेमा गुणस्तरिय स्वास्थ्य सेवा दिर्घकालिन गर्न सकिन्छ । मुलुकको समग्र स्वास्थ्य प्रणालीमा आमुल पविरर्तन गरी जनताको स्वास्थ्यमा पहुँच बढाउन यसले मद्दत पुग्ने देखिन्छ ।
डा. गौचन ।
हिमालपारीको जिल्ला मुस्ताङको लेतेमा जन्मेका डाक्टर विकास गौचनलाई सुदूर पहाडको अछाम आएको एक दशक पुरा भएको छ । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट एमबिबिएस पढाई सकेर मेडिकल अधिकृतको रुपमा अछाम प्रबेश गरेका डा. गौचन अहिले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशकको भुमिकामा कार्यरत छन् । धरानबाटै एमडीजिपी सकाएका डाक्टर गौचनलाई के कारणले अछाम तान्यो, एक दशकको अछाम बसाई कस्तो रह्यो, स्वास्थ्यका क्षेत्रमा के के उल्लेख कामहरु भए, अबका भाबी योजना के के छन् भनेर बडीमालिका खबरसंग गरिएको कुराकानी
डाक्टर साब बडीमालिका खबरमा यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद ।
तपाईलाई अछाम आएको एक दशक नै बितेछ, मुस्ताङको मान्छे अछाम आउने अवसर कसरी जुर्याे ?
सन २०१० तिरको कुरा हो, बयालपाटा अस्पतालमा मेडिकल अधिकृतको आवश्यक्ता छ भन्ने सुचना पाँए र त्यो बेला म भन्दा अग्रजहरु जो बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमै आफ्नो पढाई सकेर बयालपाटा अस्पतालमा कार्यरत थिए । डा. झपट बहादुर थापा, डा. मान बहादुर केसी, डा. बिबेक बिष्टहरुसंगको चिनजानका आधारमा आवश्यक्ताको खबर पाँए । न्याय हेल्थ नेपाललले अछाममा निशुल्क स्वास्थ्य सेवा प्रणालीमा काम गरिरहेको छ भन्ने थाह पाएपछि मलाई निशुल्क स्वास्थ्य प्रणालीमा काम गर्ने ईच्छा एकदमै थियो त्यहि अनुरुप मैले दरखास्त पेश गरिसकेपछि मलाई अछाम प्रबेशको बाटो खुलेको थियो । आज भन्दा १० बर्ष पहिले सन २०१० अगष्ट ५ तारिख मलाई सुदूरपश्चिम हुदैँ अछाम आउने अवसर मिल्यो ।
तपाई त धरानमा पढेको मान्छे, एकप्रकारले शहर केन्द्रित भइसकेको भनौँ न, १० बर्ष पहिलेको अछाम त यो भन्दा धेरै दुर्गम थियो होला । अछाम नै रोज्नुको कारण चै के थियो ?
म सानो देखि नै हिमाल पारीको जिल्ला मुस्ताङमा हुर्के, सरकारी स्कुलमै शिक्षा हासिल गरे । दुर्गम क्षेत्रमै हुर्के भएर पनि होला स्वास्थ्य क्षेत्रमा दुर्गमका जनताको पहुँचको जटिलता सेवा पाउनु पर्दाका कठिनाईहरु राम्रो अनुभब थियो । आफ्नै परिवारमा पनि स्वास्थ्यका समस्याका बारेमा देखेभोगेको कारणले मलाई दुर्गमको कुनै प्रबाह भएन ।
झन दुर्गममा बसेर जनताको सेवा गर्न पर्छ भन्ने मनमा उत्तकट चाहाना थियो । त्यसैले पनि होला मैले अछामलाई सहजै रोज्न सके । पढाईकै सिलसिलामा एक बर्ष दुर्गम क्षेत्रमा काम गर्नुप्रथ्यो, त्यहाँका मानिसको आधारभुत स्वास्थ्य सेवामा पनि एकदमै कम पहुँच भएको तितो अनुभव थियो । एमबिबिएस पढ्ने देखि नै दुर्गम क्षेत्रमा गएर केही उल्लेखनिय काम गर्ने ईच्छा थियो । नाम चलेका डाक्टर देखि राम्रो अस्पतालहरु पनि शहर केन्द्रित भएको अवस्थामा पहुँच र आर्थिक अवस्था भएकाहरुलाई शहर केन्द्रित अस्पतालहरुले नै तानिरहेको बेला म आफै दुर्गम क्षेत्रबाट आएकोले पनि दुर्गम ठाँउको स्वास्थ्यमा काम गर्नुपर्छ सबैको पहुँच राम्रो बनाउनु पर्छ भन्ने ईच्छा थियो । भाग्यबस न्याय हेल्थ नेपाललले १२ बर्ष पहिले देखि काम गरिरहेको थियो । सकेसम्म कम शुल्कमा सेवाग्राहीलाई राम्रो सुबिधा निश्चित गर्नुपर्छ भन्ने ठाँउमा काम गर्ने ईच्छा थियो । एउटा चिकित्सक भएको नाताले दुर्गमको अनुभब संगालु पर्छ भन्ने कुरा मनमा थियो त्यहि अनुसार अछाम आउन पाँदा निकै खुशी भए ।
अछाम बसाईको दशक कस्तो रह्यो ? यो अवधिमा व्यक्तीगत र संस्था उपलब्धी के के प्राप्त भए जस्तो लाग्छ ?
पहिलो कुरा त उपलब्धीको कुरा गर्दा चिकित्सकको नाताले दुर्गम क्षेत्रको बारेमा बुझ्न पाउने दुर्लभ सौभाग्य मिल्यो । अर्को म आउदा एमबिबिएसको रुपमा प्रबेश भएको थिए । यहाँ आईसकेपछि नै मैले एमडिजिपी गर्ने अवसर प्राप्त गरे । जनस्वास्थ्यको स्नात्तोकत्तर तह देखी स्वास्थ्यमा समानताको सिद्धान्तका बिषयमा हुन्छ ग्लोबेल हेल्थ ईक्ुयुटी फ्लोसिप पुरा गर्ने अवर पाँए । दशकमा धेरै समय त चिकित्सकको नाताले सेवा दिने कुरा त भईहाल्यो साथसाथै अछामको हरेक पाटोलाई चिन्ने शौभाग्यशाली अवसर मिल्यो जस्तो लाग्छ ।
चिकित्सकको भुमिका हुदाँ बिरामीको मुहारमा खुशी ल्याउने उदाहरण त थुप्रै होलान् त्यो मध्ये पनि कुनै खास छ, जुन कारणले उनिहरुले आफ्नो दोश्रो जीवन पाएको अनुभुति गर्छन् ?
यस्ता उदाहरण त सयौँ भन्दा बढी होलान् । त्यसमा पनि मलाई लागेको अकालमा मृत्यु हुन लागेका महिलाहरु, असुरक्षित गर्भपतनको कारणले हुने मातृ मृत्यु जोगाउन गरेको प्रयास खास लाग्छन् ।
एकजना बिरामी बाजुराको दुर्गम ठाँउ छताराबाट ३ दिन बढी प्रसब बेथाको पिडा बोकेर आउनु भएको थियो । पेटमै बच्चाको मृत्यु तथा पाठ्यघर फुटेर रगत पेटभरी फैलिएको थियो । शरिरमा रगतको मात्रा कम तुरुन्तै अप्रेशन गर्नुपर्ने अवस्था, अप्रेसन गरी पाठयघर निकाल्नु पर्ने त्यसो गरिएन भने ज्यान नै जाने जोखिममा थियो । पाठ्यघर निकाल्दा पनि ज्यान जोगिन्छ कि जोजिन्न भन्ने दुबिधा थियो । आईसियू भएको ठाँउमा राखेर उपचार गर्नुपर्ने खालको बिरामी थिए । हामीले उहाँलाई यहि सफल शल्यक्रिया गरेर बचाए पठायौँ । जसेल गर्दा चिकित्सक हुनुको खुशी यो भन्दा अरु ठुलो के हुन सक्ला र ।
यस्तै एक जना ४५ बर्षको पुरुष आन्द्रामा प्वाल परेर पेटभरी दिशा भएको बिरामी आउनु भएको थियो उहाँलाई तुरुन्तै ठुलो अस्पतालमा लगेर पेटको अप्रेशन गर्नुपर्ने थियो । तर आर्थिक अभावका कारण उनले बाहिर जान नमानेपछि हामीले यतै सफल शल्यक्रिया गर्न भएका थियौँ । उहाँ पनि बाचेर जानु भयो । यस्तै थुप्रै ठुला सल्यक्रिया गर्न सफल भएका छौँ जसले गर्दा दुर्गममा पनि यस्ता खालका जटिल सल्यक्रिया गर्न सकिने रैछ भन्ने कुरा म संग जोडिएका छन् ।
यि त सफलता प्राप्त गरेका कुरा भए यस्तै कुन उदाहरण छन् जुन बयालपाटामा उपचार गर्न नसकि बिरामीले फिर्ता वा रिफर जानु परेको । त्यसमा श्रोत साधन लगायतका बिबिध कारण होला्न । जस्ले गर्दा उक्त कुरा मनमा खट्किन्छ ।
त्यस्ता उदाहरण पनि नभएको होईन । समयमा बिरामी अस्पताल पुगेको भए, उपचारका लागि आवश्यक पर्ने उपकरणको सहजता भए सम्भव हामीले बचाउन सक्ने केशहरु पनि नआका होईनन् । जसले गर्दा उक्त कुरा बेला बख्तमा मनमा स्मरण भईरहन्छ । त्यस मध्येको १ जना २१ बर्षको महिला २ वटै फोक्सोमा पानी जमेको समस्या लिएर आउनु भएको थियो । त्यस्तो बेलामा अक्सिजनको मात्रा शरिरमा एकदमै कमि हुने हुनाले तुरुन्तै मेकानिकल भेण्टिलेटरमा राख्नु पर्ने हुन्छ । तर हामी संग त्यो साधन र आईसियु थिएन र छैन पनि । उहाँलाई तत्काल भेण्टिलेटरमा राख्न सकेको भए बचाउन सकिने अवस्था थियो भने साधन नहुदाँ उहाँलाई बचाउन सकेनौँ ।
यस्तै एकजना १७ बर्षको पुरषलाई ट्याक्टरले ठोकेर रगत बगेको अवस्थामा आउनु भएको थियो । पेटमा रगत जम्नुका साथै रगत बगिरहेको थियो । त्यसलाई रोक्न सक्ने क्षमता भएको साधन हामीसंग थिएन । उनलाई तत्काल धनगढी रिफर गरेपनि उनको गादावरीमै निधन भयो । दुर्गम र बाटोका कारण यस्ता समस्या थुप्ै छ । यहाँबाट जटिल अवस्थामा भएका बिरामीलाई हामी रिफर गर्छौ तर बाध्यबस कोही डोटी पुग्न पाउदैन, कोही डडेलधुरा पुग्न पाउदैनन्, कोही धनगढी त्यस्तै धनगढीले नेपालगञ्ज रिफर गर्दा उनिहरु नेपालगञ्ज पुग्न नपाई ज्यान गुमाउनु पर्ने अवस्था छ ।
तपाईले भने अनुसारका बिभिन्न मृत्युका खबर बेला बखत अहिले पनि आईरहन्छ । यस्तो मृत्यु हुने क्रम रोक्नका लागि दुर्गम क्षेत्रमा के गर्दा यो रोकिएला ।
पहिलो कुरा त स्वास्थ्य प्रणाली एकदम बलियो बनाउन आवश्यक छ । कुनै एउटा संस्था बलियो हुदैमा समग्र समाजको स्वास्थ्य राम्रो हुन्छ भन्ने हुदैन । तसर्थ समग्र प्रणालीमा सुधार हुन आवश्यक छ । प्रणाली बलियो भयो हामी सबै कुरा सही समयमा व्यावस्थापन गर्न सक्छौँ भन्ने लाग्छ । जसमा जनस्वास्थ्य प्रणालीको पनि भुमिका हुन्छ । सरकारले चाहेमा हाल न्याय हेल्थ नेपालले अघि सारेको स्वास्थ्यको प्रणाली लागु गर्न सकिन्छ । समुदाय देखि अस्पतालसम्मको कार्यक्रमले दुर्गममा पिल्लरको रुपमा काम गर्छ ।
मोडेलको कुरा गर्दा राज्यले यस्तो प्रकारको प्रणाली अन्य क्षेत्रमा कसरी लागु गर्न सक्छ होला । यो निशुल्क सेवा सहितको प्रणाली खर्चिलो छ भन्ने सुनिन्छ । यस्तो प्रणाली दिर्घकालिन रुपमा संचालन गर्न सकिने आधार के के हुन त् ।
एउटा त राज्यले हरेक नागरिक प्रतिको दायित्व बोध गर्न जरुरी छ । एकजना नागरिकलाई देशले प्रति बर्षमा कति पैसा खर्च गर्न सकिन्छ । जस्तो बयालपाटा अस्पतालमा प्रतिबर्ष कति सेवाग्राही आईरहेका छन् त्यसमा कति खर्च छ भनेर अध्ययन गर्न सकिन्छ । तर हामीले गरेको सेवामा महंगो भन्ने छैन । कम्तीमा सरकारले प्रतिव्यक्ती एक हजार एक बर्षमा छुट्याउन सकेमा यस्तो प्रकारको सेवा देशैभर लार्गु गर्न सकिन्छ ।
बयालपाटा अस्पतालले दशक देखि निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
पछिल्लो समयमा यसको आर्थिक पाटो खस्कदा् अवस्थामा हुदाँ दशक देखि चलिरहेको सेवा दिर्घकालिन हुन्छ कि हुदैन भन्ने दुबिधा छ । तपाई यसको नेतृत्वदायी भुमिकामा हुनुहन्छ यसको बारेमा के सोच्नु भएको छ ?
यो जटिल प्रश्न हो हाम्रो लागि । हामी अहिलेसम्म बैदेशिक अनुदानमा भर परिरहेका छौँ । यसमा ठुलो सिकाईको पाटो भनेको यो मोडेलले नेपालको स्वास्थ्य प्रणालीमा सही काम गर्छ भन्ने चाँही हो । तर अबको दिर्घकालिन योजनाका बारेमा मन्थन गर्दा नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन जरुरी छ । हरेक नागरिकलाई बिमित गराउन सके उनिहरुलाई बर्षभरी नै निशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ । अर्को कुरा नेपालको संबधिान अनुसार स्वास्थ्यलाई मौलिक हक मानिएको छ त्यसमा स्थानिय, प्रदेश र संघिय सरकार सम्बेदनशिल हुन जरुरी छ । तिनै तहका सरकारले अस्पतालले प्रदान गरिरहेका सेवाका आधारमा अनुदान प्रदान गर्न सके र बिमा लागु गर्न सके यो सेवा दिर्घकालिन रुपमा संचालन गर्न सकिन्छ । अनुगमनको पाटोलाई पनि बलियो बनाउन पर्छ । अस्पतालले भने बमोजिम सेवा दिएको छ छैन अनुगमन र नियमन गर्न जरुरी छ । बयालपाटाको हकमा पनि अल्पकालिन र दिर्घकालिनको पाटो यहि हो । जुन जुन पालिकाका नागरिकले सेवा लिन्छन उनिहरुले कार्यसम्पादनका आधारमा अनुदानमा जोड दिए यहि प्रकारको प्रभावकारी सेवा दिर्घकालिन रुपमा संचालनन हुन्छ । यदि नेपाल सरकारले न्याय हेल्थ नेपालले अघि सारेको मोडल सबै ठाँउमा अघि सार्न सके स्वास्थ्यमा आमुल परिवर्तन संगै कोषे ढुंगा साबित हुन्छ भन्ने मेरो बुझाई छ । जनप्रतिनिधी सरकार र हरेक नागरिले आफ्नो जिम्मेवारी बोध गरेमा दिर्घकालिनमा समस्या छैन ।
जुन प्रकारले हामीले सोचेका छौँ, हरेक व्यक्ती, जनप्रविनिधी तथा सरकार सबैले जिम्मेवारी बोध गर्नु पर्छ भन्ने कुरा तर त्यो हुन नसक्नु नै मुख्य कारण हो । यो अवस्थामा बयालपाटा अस्पतालको भबिष्य के, यसपछि अस्पताल कसरी अघि बढ्छ ?
बयालपाटा अस्पतालको भबिष्य राम्रै छ र हुनुपनि पर्छ । यसको भबिष्य राम्रो भएन भने यहाँ आएर सेवा लिनेहरुका लागि अर्को बिकल्प तत्काल छैन । यसमा सबै राजनितिक दल, जनप्रतिनिधी, स्वास्थ्य क्षेत्रका बिज्ञ लगायत सबै समाजसेवी नागरिकले जिम्मेवार बोध गर्नु पर्छ । र मैले अघि पनि भने सबै नागरिक बिमामा आवद्ध हुनैपर्छ । स्वास्थ्य सेवा भनेको अल्पकालिन होईन सधैँ चाहिने कुरा हो त्यसैले स्थानिय, प्रदेश र केन्द्र सरकारको हरेक बर्ष सहयोगका लागि दिर्घकालिन प्रविबद्धता हुनुपर्दछ । यसमा काम गर्न सक्यो भने यो त्यति अप्ठेरो बिषय हो भन्ने मलाई लाग्दैन् ।
बयालपाटा अस्पतालको हकमा यो कार्यभार पुरा गर्ने जिम्मेवारी तपाईको काँधमा छ, यसका लागि तपाईले कस्तो कार्य योजना बनाउनु भएको छ त ?
मैले अछाम जिल्लामा लामो समय दिए, यसबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाँए, अब मैले जिम्मेवारीको हिसाबले जतिपनि सेवाहरु बयालपाटा अस्पतालमा संचालनमा छन् यो सेवाहरुलाई दिगोपना गर्न मै केन्द्रित हुनेछ । त्यसकैको लागि म काम गरिहेको छु । स्वास्थ्यका प्रमुख, स्थानिय तहका प्रमुख, प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयहरु संग परार्मश भईरहेको छ । भबिष्यमा पनि न्याय हेल्थ नेपालले दिने सेवाहरु कुनकुन क्षेत्रमा बढाउन सकिन्छ, कुन क्षेत्रमा काम गर्दा अझ प्रभावकारी स्वास्थ्य प्रणाली हुन्छ भन्ने बारेमा काम गरिरहेका छौँ । आर्थिक जटिलतालाई सहजिकरण गर्न आिर्थक श्रोतको निरन्तरता कसरी गराउन सकिन्छ भन्ने बिषयमा केन्द्रित भएका छौँ । एक समयमा यसको दिर्घकालिन सुनिश्चतता गर्न सक्यो भने ५० बेडको बयालपाटा अस्पताललाई बढाउन सकिने समय धेरै टाढा छैन ।
हवस् धन्यवाद ।