मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • अछामको कैलाश खोलामा एक युवती मृत फेला

अछामको कैलाश खोलामा एक युवती मृत फेला

  • शनिबार, भदौ २०, २०७७
अछामको कैलाश खोलामा एक युवती मृत फेला

अछाम– अछामको कैलाश खोलामा एक युवती मृत अवस्थाका फेला परेकी छिन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ की २६ वर्ष रेश्मा कुँवर रावल शुक्रबार कैलाश खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहिवार साझ खाना ढिला पकाएको बिषयमा रेश्माको श्रीमान् निरजसंग सामान्य बिवाद भएको थियो। राती ११ बजेसम्म घरमै रहेकी रेश्माको शब शुक्रबार बिहान कैलाश खोलाका भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार