
सुरक्षाकर्मी । सबैलाइ चाहिने तर सबैबाट हेपिएको नाम हो “सुरक्षाकर्मी” । जब जब समस्या आइलाग्छ तब तब सुरक्षाकर्मीलाइ सम्बोधन नगर्ने मान्छे सायद यो देशमा कोही पनि नहोला । राज्य सचांलन गर्ने क्रममा सरकारको प्रतिनिधित्व गर्ने दृष्टिकोणबाट भनौ कि अन्य समुदाय स्तरबाट भनौ प्रहरीको उपस्थिती नहुने ठाउ बिरलै मात्रामा पाइन्छ । अहिले विश्व मानब समुदाय कोरोना भाइरस(कोभिड-१९) को भयावह परिस्थितिबाट त्रसित भएको छ । हाम्रो देशपनि यसबाट अछुतो रहन सकेन । सयौँ जनाले यसै महामारीका कारण आफ्नो ज्यान गुमाए । हजारौ जना आज पनि रोग संग लडिरहेका छन । यस्तो भयावह अवस्थामा आफ्नो घरपरिवार र जीवन रक्षाको कुनै पनि प्रवाह नगरी देश,समाज र नागरीकको जीवन रक्षाको लागी अहोरात्र खटिरहने सुरक्षाकर्मीको जीवन हेर्ने हो भने आफैमा एक कथा बनिसकेको पाइन्छ । र स्वास्थ्यकर्मीको जीवनशैली पनि एक कथा बनिसको छ । अहिले जताततै लकडाउन छ । कतिपय ठाँउहरुमा त निषेधाज्ञा नै लागू भएको छ । निषेधाज्ञा कार्यान्वयन देखी लकडाउन कार्यान्वयन, सरकारको निति निर्देशनको कार्यान्वयन देखी कानूनको कार्यान्वयन सम्म महत्वपुर्ण भूमिका खेल्ने तथा जिम्मेवारी बहन गर्ने काम सुरक्षाकर्मीले मात्र गर्दछ । यति मात्र हैन देश र हामी नागरिकलाइ परेका बेला आफ्नो प्राणको कुनै वास्ता नगरी र आफ्नो परिवार श्रीमती छोरा छोरी कोही केही पनि नभनि देश जनताको लागि खटिने सुरक्षाकर्मीहरुको दिनचर्या हेर्ने हो भने झनै दु:खदायि छ । आरामदायि जीवन बिताउनु त टाढाकै कुरा हो सुख साथ एकछाक खाना खान समेत सुरक्षाकर्मीलाइ धेरै गाह्रो परेको हुन्छ । हामी सडकमा दश मिनेट मात्र गाडीको लागि कुर्नु परेमा आफ्नो दिनै बितेको अनुभव गरेर कालो अनुहार लगाउछौ तर दिनभर त्यही सडकको धुलो र गाडीको धुवा संगै चोकका भित्ताहरुलाइ साथि बनाउदै जीवन गुजारी रहेका सुरक्षाकर्मीहरुको दैनिकी जीवन र दिनचर्याको बारेमा सोचविचार गर्ने हो भने सायद सुरक्षाकर्मीको यथार्थ पीडालाइ बाहिर ल्याउन सक्ने मानिस कमै होलान भन्ने मलाई लाग्दछ र देश र जनताका लागि खटिने ती सुरक्षाकर्मीहरुको बारेमा जति वर्णन र सम्मान गरे पनि कमै हुने मैले सोचेकी छु ।
प्रसंग हिजोको मछिन्द्रनाथको जात्रा तर्फ पनि केही शब्द लेख्न खोजेकी छु । नेपाल धार्मिक देश हो । हाम्रो देश विश्व मानब समुदायमा चिनाउने प्रमुख आधार भनेको हाम्रो देशको रितिरिवाज, चालचलन, भेषभुषा, रहनसहन नै हो । धर्म संस्कृति मान्ने, आफ्नो रितिरिवाज, चालचलन जोगाउने कार्यमा सबैले लाग्नु आजको आवश्यकता हो । काठमाण्डौ उपत्यकामा भाद्र ३ गते बाट निषेधाज्ञा लागू भएको छ । यस्तो अवस्थामा भिडभाड गर्न, तडकभडक गर्न,हिडडुल गर्न,व्यापार व्यवसाय, होटेलहरु संचालन गर्नमा पुर्ण रुपमा बन्द गरिएको हुन्छ । हजारौ मानिसहरु एकैठाँउमा एकत्रित हुन यस्तो अवस्थामा पाइदैन तर हिजोजना घाइते भए । उनै नागरिकको भलाईका लागि रोग र महामारी संग लड्दै सुरक्षामा खटिएका प्रहरी माथि यसरी प्रहार गर्नु कति सम्मको जायज हो ? यो कुरा तिनै मानबका नाममा मानबता नभएका मानिसहरुलाई थाहा होला । अर्को कुरा ती मानब भनिएका मानबहरुले पनि रातदिन प्रहरीकै सहयोग लिइरहेका होलान । तिनै नागरिकको लागि त प्रहरी भिडमा खटिएको थियो यो कुरा ती नागरिकहरुले कहिले बुझ्लान । एकातिरको समस्या यस्तो छ भने अर्कातिर रोग र महामारी संग लडिरहेका स्वास्थ्यकर्मीको अवस्था पनि यस्तै छ । रातदिन उपचारमा खटिदा साँझपख आफ्नो कोठामा फर्कदा घरबेटीको क्रुर र अमानविय व्यवहारको शिकार बन्न हजारौ स्वास्थ्यकर्मी पुगेका छन ।
यसरी आफ्नै लागि खटिने सुरक्षाकर्मी संग नागरिकले अमानविय व्यवहार गरी कानून र नियमको पालना नगर्ने हो भने देशमा कानून बनाइ राख्नु र अधिकार खोज्नु जरुरी नै छैन । आफुलाइ जुनसुकै किसमको समस्या पर्दा पनि प्रहरीलाइ सम्बोधन गर्ने हामी नागरिकले प्रहरीको सम्मान गर्न सकेनौ र जानेनौ भने हामी आम नागरिकलाइ नै हानि हुने मेरो विचार छ । जस्तै समाजमा घट्ने आपराधिक घटना,बाढी पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोप, कोरोना भाइरस(कोभिड-१९) जस्ता महामारी देखी लिएर जुनसुकै समस्या पर्दा पनि हामी प्रहरीलाइ नै बोलाउने र प्रहरी संग नै गुहार माग्ने गर्दछौ । यदी प्रहरीलाइ सम्मान गर्नुपर्ने ठाउमा ललितपुरको जस्तै गरी निर्घात रुपले प्रहरी कर्मचारी माथि अमानविय व्यवहार देखाउदै नागरिक असंयमित हुदै जाने हो भने यो आम नागरिकको लागि नै नोक्सानीको विषय बन्ने छ ।
