मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • गुडिरहेको सरकारी गाडीमा टिकटक बनाउने ‘मूर्ख’ चालक यी पो रहेछन्

गुडिरहेको सरकारी गाडीमा टिकटक बनाउने ‘मूर्ख’ चालक यी पो रहेछन्

  • शुक्रबार, भदौ १९, २०७७
गुडिरहेको सरकारी गाडीमा टिकटक बनाउने ‘मूर्ख’ चालक यी पो रहेछन्

कालिकोट : पहाडतिरको कच्ची सकडमा एक सरकारी गाडी गुडिरहेको हुन्छ । चालक एक्कासी गाडी बाहिर निस्कन्छन् । तर गाडी गुडिरहन्छ । चालक गुडिरहेको गाडीको अगाडि बोनमा चढ्न खोजिरहेका हुन्छन् । गाडी सडकको डिलतिर गइसकेपछि उनी भित्र पस्छन् र आफ्नो सिटमा बसेर नियन्त्रणमा लिन्छन् । अगाडि कसैले भिडियो खिचिरहेको हुन्छ ।

००१ झ ००९१ नम्बरको सरकारी प्रयोग गरी बनाइएको यो टिकटिक भिडियो अहिले निकै भाइरल भइहरेको छ। भिडियो हेरेर धेरले यो भिडियो बनाउने को होलान् ? कति मूर्ख काम गरेका ? धन्न दुर्घटना भएन ? जस्ता प्रश्न गरिरहेका छन् । त्यसरी सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग पनि धेरैको छ ।

यस टिकटकमा प्रयोग भएको सरकारी गाडीको पहिचान भएको छ । यो कालिकोटको शुभकालिका गाँउपालिकाले प्रयोग गर्दै आएको गाडी रहेको खुलेको छ । टिकटक बनाउने युवा सोही गाडीका चालक उमेश धिताल हुन् । यो भिडियो भिडियो सार्वजनिक भएपछि गाउँपालिकाले चालकलाई यसबारे स्पष्टिकरण सोधेको थियो।

ती चालकसँग सोधपुछ गर्दा आफूले गाडीमा टिकटक बनाएको र अबदेखि यस्तो गल्ती नगर्ने भनी माफी मागेको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘मैले भिडियो हेरेपछि ड्राइभरलाई बोलाएर सम्झाएको छु । अब आइन्दा यस्तो गर्दिन भन्ने कुरा गर्नुभयो ।’ अध्यक्ष चौलागाईले भने–‘चालक स्थानीय भएकाले एकै गल्तीमा जागिरबाट हटाउनु भएन् ।’
गल्ती यस्ता गल्ती दोहोर्‍याए कारबाही गर्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार