मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • चितवनमा एकैदिन थपिए ७४ कोरोना संक्रमित

चितवनमा एकैदिन थपिए ७४ कोरोना संक्रमित

  • शुक्रबार, भदौ १९, २०७७
चितवनमा एकैदिन थपिए ७४ कोरोना संक्रमित

चितवन । चितवनमा एकैदिन ७४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन् । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका हुन् । जिल्लामा संक्रमितको संख्या झण्डै ९ सय पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार