शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कोल्टि क्षेत्रमा चामल छैन, मदिरा फालाफाल

कोल्टि क्षेत्रमा चामल छैन, मदिरा फालाफाल

  • बिहिबार, भदौ १८, २०७७
कोल्टि क्षेत्रमा चामल छैन, मदिरा फालाफाल

बाजुरा–बाजुरा, हुम्ला र मुगुका दुर्गम क्षेत्रमा खाद्य संटक भएको २ महिना पुग्न लागिसकेको छ । चामल पाउन छोडिसकेको छ, पाइएपनि चर्को मुल्य हालेर किन्नु पर्ने बाध्यता रहेको छ । तर मदिरा भने जताततै फालाफाल रहेको छ ।
बाजुराको पुर्वोउत्तरी क्षेत्रका चारवटा स्थानिय तह, हुम्लाको अदानचुली, ताजाकोट गाँउपालिका र मुगुको खत्याड, सोरुकोट गाँउपालिका लगायत क्षेत्रमा खाद्य संकट छ । तर त्यो क्षेत्रका स्थानिय बजारमा रक्सि भने फालाफाल रहेको नागरिक अगुवा जनेश भण्डारीले वताएका छन् ।
बाजुराकाको कोल्टि, पिलिचौर, धुलाचौर हुम्लाको श्रीनगर लगायतका बजारमा मदिरा भने पसल टनाटन पाइने गरेको छ । बाजुराको हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाँउपालिका, हुम्लाको ताजाकोट गाँउपालिका, मुगुको खत्याड गाँउपालिकामा स्थानिय तहले मदिरा बन्द गरेको भएपनि खुलमखुल्ला मदिरा बिक्रि भइरहेको छ ।
खाद्य संकट क्षेत्रमा खाद्यन्न भन्दा पनि रक्सि जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । कोरानाको संकटका बेला मदिरा जन्य र सुर्तिजन्य प्रदार्थ ढुवानीमा रोक लगाएपनि बाजुराको कोल्टि एरपोटमा भने खुलम खुल्ला मदिरा ढुवानी भइरहेको छ । कोल्टि खाद्य संस्थान र कवाडी बिक्रि केन्द्रमा चामल नहुँदा यहाँ बासिन्दाले महँगो मुल्यमा चामल किन्नु परेको स्थानिय प्रदिपराज जोशीले वताएका छन् ।
कोल्टि खाद्य संस्थानमा चामल हुँदा मोटो चामल प्रतिकेजी ४५ रुपैयामा बिक्रि हुने गरेको थियो । अहिले त्यहि चामल बजारमा प्रतिकेजी १ सयमा बिक्रि हुने गरेको छ, त्यहि पनि सहज रुपमा नपाइने गरेको छ । अझ कवाडीमा भने प्रतिकेजी मोटो चामल १ सय ३० भन्दा माथि रहेको स्थानि पर्वलाल बुढाले वताएका छन् ।
यो क्षेत्रमा खाद्य संकट भएको लामो समय भइसकेको छ । यहाँका स्थानिय बजारमा खाद्यन्न अभाब रहेको छ, तर मदिरा भने फालाफाला पाइने गरेको बुढिनन्नदा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले वताएका छन् । पटक पटक नियन्त्रणका लागि भनेपनि नेपालगञ्ज सुर्खेत बाट रक्सि पठाउने गरेको उनले वताए । आफुहरुले जिल्ला प्रशासन कार्यलयलाई भनेको हो, तर अहिले सम्म नरोकिएको वताएका छन् ।

कोल्टि एरपोटमा दैनिक सात फलाइट सम्म हुने गरेका छन्, । तिन चार फलाइटमा भने रक्सि नै आउने गरेको बाजुरा नागरिक उडयन कार्यलय बाजुराका निमित्त प्रमुख खुम प्रसाद पौडेलले वताएका छन् । यो संकटको बेला रक्सि नआउनु पर्ने हो, नेपालगञ्ज सुर्खेत बाट जहाज चाटर गरेर मदिरा आउने गरेको पौडेलले वताएका छन् । नागरिक उडयन कार्यलय कोल्टि बाजुराका अनुसार १ महिनामा १ सय ६० उडान कोल्टि बिमानस्थलमा भएका छन् । ६० प्रतिशत भन्दा बढि उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ । १ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै रक्सि मात्र भएको कार्यलयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार