मङ्लबार, अशोज २२, २०८१

गजल!

  • बिहिबार, भदौ १८, २०७७
गजल!

साथी तीमि हामी बलिया हुन्छौ जुटेर मात्रै,
विजय हुन्छ अबिचलित यात्रामा उठेर मात्रै।

शोषकले सदै रझाई गर्दै आयो यो संसारमा,
गरीब ज्यामि मज्दुरहरु सदैभरी फुटेर मात्रै।

छन आज धनी सामन्ति सोशकहरु स्वर्ग मा,
श्रमजिवी मज्दुरहरुकै परिश्रमिक लुटेर मात्रै।

हामि आपसमा फुटेर उस्को जित भएको हो,
अल्पमतले राजगय्रो एक्ला एक्लै कुटेर मात्रै।

हो हाम्रो बर्गशंघर्ष सिखरमा पुग्न सकिन हेर,
क्रान्ति बाहक शक्ति सदैभरी पछि छुटेर मात्रै।

थाहा छ देश त गरीब छैन नेताहरु गरीब छन,
असाय त उनैले बनाए श्रि सम्पति भुटेर मात्रै।

सुरेशकुमार पान्डे।
०३-०९-२०२०,

चर्चामा

सम्बन्धित समाचार