मङ्लबार, अशोज २२, २०८१

वाईरस!लघुकथा।

  • बिहिबार, भदौ १८, २०७७
वाईरस!लघुकथा।

सुरेशकुमार पान्डे । कोरोनाको नाम मा कस्तो वायरस आयो!दिन प्रतिदिन फैलिँदै छ।जनता हरुमा सन्त्रास छायेकोछ।ईतिहाशमा कहिलेई नाएको र मानव समुदायले कल्पना नगरेको रोग संसार भरी फैलिँदैछ।आफ्नो मान्छेले बिमारी लाई भेट्गर्न, छुँन नहुँने यस्तो खालको अछुत बिमारी मरेपछि मुख हेरेर मनपरी रुन नपाईने कस्तो रोग आयो देश र दुनियामा।भन्दै हरीले दुखः पोख्छन।
नजिकै रोई रहेको नविनलाई सान्तबना दिने प्रयात्न गर्छन।न रोउ बाबु आफुलाई सम्हाल यो मानव चोला मा आएपछि सबै एकदिन मरेर जानेहो!भन्दै नविनको काँदमा थप थपाउँछन।
उ झन डाँकै छाडेर रुन्छ,बाबा नजानुस हामिलाई हजूरको अबस्याकताछ!भन्दै चिच्चाउँदै बिलापगर्छ।तर उस्को त्यो आवाज नजिकै उडेको त्यो बिधुतिय धुँवामा बिलिन हुँन्छ।
नविनका ओँठ सुखेका थिए तर आसु आँखाबाट बगिरहेका छन।उस्लाई घरी-घरी बाबाको त्यो कुराले कानमा गुञ्जिरहेको छ।
छोरा मेरो लास तिमि एक्लैले बोकेर लानेहो,हिम्तवाला बन्नु पर्छ!अरु सुँ न यो समाजको टाउको ख्वईराउँने,पुरहित डाक्ने अनाब्स्याक दान पुन गर्ने जस्ता देखावटी झमेलामा नपरे,आँसु बगाउँने होईन मेरो लासलाई आगो लगाएपछि पनि तिमि नगले हिम्मत देखाए!भन्दै उस्लाई सम्झाउँथे।बाबा कस्ता कुरा गर्नु हुँन्छ हजूर त सयौँ बर्ष बाँच्नु हुँन्छ हाम्रो आमा बाबा सबै दुनियाँ त हजूरनै हो!भनेर बा बाको कुरा बिचैमा काटेर भन्थ्यो।त्यही कुरा संझिँदै भाबुक हुँन्छ उस्को आँखा बाट झन झन आँसु बग्छ।
पोहर को बर्ष ता हो नविनकी आँमा लाई केन्सरले लगेको उफ.यो बिमारी पनि कसैको घरमा यसरी पछिनै पर्ने!त्यहि उभिएका मान्छेहरुले आपसमा कुरा गर्छन।नविन हिँड बेटा झौँ!हरीले नविनलाई अँगालो हाल्दै भन्छन।तर नविनका पाईला चल्दैनन,उ गलेको छ हिम्मतनै छैन।दादा!एक्कासी उस्को कानमा मसिनो आवाज गुँजिन्छ,उ झसिङ्ग गर्छ।दादा!उस्ले बैनी रीमा!भन्दै यता उता हेर्छ तर देख्दैन।बेटा बैनी त तिम्रो काकी सँग घरमै छ।हिँड घर भन्दै बाटा तिर ईसारा गर्छन।नविनको पाईला अगाडि बड्छन।आखिर त्यो स्यानी नानुको अब नविनको सेवाए अरु को पो छर!रीमा भर्खर दश बर्षकी थिई।अब उसैको लागि भयपनि त कृतिम रुपमा भयपनि नविनलाई मुस्कुराउँनै पर्छ।अचानक नविनका पाईला रोकिन्छन,उस्लाई बाबा मरेको ता थाहा होईन होल!खै कतै काकीले भनेको भय उ कतिरोएकी होली!नविनले मनैमन मा सोँच्छ।उस्ले पाईला अलि छिटो छिटो चलाउँछ।नविनको बाबा बिमारी भयपछि होश्पिटलमा ल्याएका त्यो दिन देखि कहिले काका कैले आफु होस्पिटल हेर्न बसेका थिए।तर टाडै बाट हेरेर निस्किन्थे।बैनिलाई बाबा कतै कामले जानु भयकोछ भनेको थियो नविनले।सबै प्रकारको देखरेख प्रसाशनले गर्थ्यो उनिहरुलाई त मरिसकेपछि मात्र बताईयो।अहिले त उँनि खरानि भैसकेका थिए।केही दुई चार जना आफन्तिहरुपनि फर्किएका थिए।नविनलाई घर जाने मनै नलागेपनि बैनीको यादले उ घर पुग्न आतुर थियो।घर पुगेपछि नविन बैनि उतै तिम्रो काकि सँग बस्छे हामि यतै बसौँला भन्दै काकाले गुन्द्रि बाहिर दलानमा बीछाउँछन।एउटा दियो बाल्छन र नविनका बाबाको एउटा तस्विर मा त्यँही राखेका हुँन्छन।भेट गर्न आउँनेको लागि एउटा रजिस्टर राखिएको थियो तस्विर हेरेर त्यसमा सहि गरेर फर्कि हाल्थे।नविनको आँखाको अगाडी बाबाको अनुहार बारम बार आउँछ अनि हथ हल्लाउँदै अदिस्य हुँन्छ।नविनले केहि दिन बित्दा सम्म बिर्षिनै सकेको छैन।न उस्का आँखा ओभाना देखिन्छन।
यो रोगले हाम्रो देशमा अहिले दुई सए एकाउन जनालाई मारि सकेको र करिब एक्तालिस हजार छे सए उनचास जनालाई आफ्नो चेपेटमा ल्याई सकेको छ र निरन्तर बढेकोछ।हुँनता बिस्वमा २६१७४४८१,रोगिछन र मृत्यु८६६५३६जना लाई मारि सकेको छ कोरोनाले।बसेका हरुले गफ गर्दै भन्छन।नविन लाई न त बोल्ने मनछ,न भोक न प्यास उ भित्तोमा अडेस लागेर बाबाको तस्विर लाई एककोहोरो नियालि रहेको थियो।केही दिनमा त्यो नानिलाई काका र काकी ले ल्याएर आउँछन उ दौड्दै आफ्नो दादाको अँगालोमा सिम्टिन्छे र रुन्छे।उस्लाई रोएको देखेर नविनपनि भाबुक हुँन्छ र आँखा बाट फेरी मुल फुट्छन।आखिर बैनीले पनि थाहा पाएकै रैछे काकाले सबै भनिसकेका रैछन।राम्रो भयो एकदिन ता थाहानै पाउँनु थियो।बरु मैले भन्न सक्ने थिएन धन्न काका काकीले भन्दिए भन्दै मनैमनमा सोँच्छ।उस्ले आफ्नो बैनिको आँखा को आँसु पुच्छ।आमा मेरपछि उनिहरुलाई आमाको कमि बाबाले पुरा गर्नु भयो तर आज वास्तबिक रुपमै टुहुरा भयकाछन।यो बैनीकै लागि भयपनि नविनलाई आमा बा र दाई बन्नु परेको थियो यो घरको अभिभाबक बन्नै पर्यो।०३-०९-२०२०(कथा र कथाका पात्र काल्पनिक हुँन।कसैको भबिस्य वा नाम मेलखान गयो भने मात्र संयोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार