मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • कोभिड अस्पताल भैरहवामा हृदयघातबाट पुरुषको मृत्यु

कोभिड अस्पताल भैरहवामा हृदयघातबाट पुरुषको मृत्यु

  • बिहिबार, भदौ १८, २०७७
कोभिड अस्पताल भैरहवामा हृदयघातबाट पुरुषको मृत्यु

भैरहवा : भैरहवा स्थित कोभिड १९ भीम अस्पतालमा उपचारत बुटवल उपमनपा ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ। उनलाई गत भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भदौ १५ गते उपचारका लागि भीम अस्पतालमा रिफर गरेको थियो।

कोरोना संक्रमित पुरुषको आइसीयूमा उपचारको क्रममा दिउँसो साढे ३ बजे हृदयघातबाट मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए।

उनका अनुसार मुटुको शल्याक्रिया गराएका मृतकको मुटुमा स्टेन्टसमेत राखिएको थियो। मुटुरोगको औषधी पनि सेवन गर्दै आएका थिए।

चर्चामा

सम्बन्धित समाचार