मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

आजको मौसम : यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

  • बिहिबार, भदौ १८, २०७७
आजको मौसम : यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ भने प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

शुक्रबार देशभर सामान्यतया बदली भइ केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार