मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • देश
  • लमजुङमा सञ्‍चारकर्मीसहित १८ जनामा संक्रमण

लमजुङमा सञ्‍चारकर्मीसहित १८ जनामा संक्रमण

  • बुधबार, भदौ १७, २०७७
लमजुङमा सञ्‍चारकर्मीसहित १८ जनामा संक्रमण

बेंसीसहर : लमजुङमा बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक सञ्चारर्की पनि रहेका छन् । बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १३ पुरुष र ५ महिला गरी १८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

बेसीशहर नगरपालिका २ का ४० वर्षीय पुरुष, बेसीशहर नगरपालिका ३ का ३७ र्षिय दुई पुरुष, वडा नं ३ कै १३ र २३ बर्षिय दुई महिला, बेसीशहर नगरपालिका वडा नं. ७ का २३ बर्षिय पुरुष र ४४ बर्षिय महिला, बेसीशहर नगरपालिका वडा नं. ८ का ३१, २२, १८, ४०, ३६, ३१ वर्षीय ६ जना पुरुष र बेसीशहरमा कार्यरत २७ वर्षीय एक पुरुष सं‍ञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

यसैगरी सुन्दरबजार नगरपालिकाका २ पुरुष २ महिलामा गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै लमजुङमा संक्रमित संख्या २ सय ३३ जना पुगेका छन्, भने उपचारपछि घर फर्किएको संख्या ११३ जना पुगेको छ । संक्रमितहरुलाई आशोलेसनमा लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार