मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सामाजिक सोँच!लघुकथा।

सामाजिक सोँच!लघुकथा।

  • बुधबार, भदौ १७, २०७७
सामाजिक सोँच!लघुकथा।
सुरेशकुमार पान्डे।

सुरेशकुमार पान्डे। बिस्वजीतको जातिय बिभेदलाई अन्त गर्ने बिचार हो।समाजमा घर जमाउँदै आएको जातिय छुवा छुतले छिन्न भिन्न भयको समाजलाई बर्गिय धरातलमा उभ्याउँने उस्को सोँच थियो।जातिय असमानताले बर्गिए एकतामा ठुलो बाधा उत्पन्न गरेको जसलाई लाग्यो।यध्यापि उस्को परिवारमा पनि जातिय बिभेद लाई मान्यता दिन्थे।विस्वजितलाई लाग्थ्यो बुजुर्वा बिचारधारा नयाँ जनवादी क्रान्ति को पनि दुश्मन हो।त्यस कारणले उस्ले आफै बाट समाजिक बद्लावा सुरुगर्नु पर्छ भनेर समाजमा जो अनाब्यस्याक परमपरा थियो त्यसको ठिक उल्टा गर्न सुरु गय्रो।
त्यो बेला देशभित्र पञ्चायति तानासाही ब्यबस्था थियो जो सामन्तवादको प्रतिनिधित्वनै गर्दथ्यो।पञ्चहरुले गरेको फैसला मान्य हुँथ्यो जो निर्दलिय राजतन्त्रको मतियारा थिए।यस्तो अबस्थामा झारा जान नसक्ने अबस्थामा एक तन्त्रिय नियम खारा झार्ने र उस्लाई डाँडेर पञ्चेले खसि खाने चलन थियो।यस्तो ब्यबहारले बिस्वजितलाई पञ्चेहरु प्रति घृणा जगायो।
बाहुँन छेत्रिको दहिको ठेकि पानीको गाग्रि दलितहरुले छोएभने उनिहरुलाई खत लाग्ने नियम थियो।यध्यापी त्यो गाग्री र ठेकी ठोमटा र चुँदाराहरुले बनाउँथे।तर यो छुवाछुत बाहुन र दिलित बिचमात्र सिमित थिएन।दलित दलित को बिचमा जनजाति बाहुँन वा दलितको बिचमा सबै जात उपजातहरुको बिचमा उल्झाईएको छुवाछुत थियो।जस्लाई समाप्त गर्न समाजिक चेतनाको बिकास गरेर मात्र सम्भब हुँन्छ भन्ने बिस्वजितलाई लाग्यो।उस्ले कुनै पनि सभामा बुढा बुढीहरु लाई हातमा ढोग गर्ने र दलितका घरमा गएर एक गिलास मुई पानी मागेर पिउँने अनि सबै ठुलालाई तपाई भनेर सम्बोधन गर्ने।यो बिचार त्यो बेला त्यति सझिलो पनि थिएन।बिस्वजितलाई यो बिचारले गर्दा उँनै दलित समुदाय बाट पनि पिडा खेप्नु पय्रो।उस्लाई यस्तो गर्दा सामाजका ठुला बडाले मात्र होईन आफु जस्तैले पनि हावा बिग्रेको भन्न थाले।
कसैले कस्तो लाजै नमानेको बिग्रेको बाहुँन काठा होला कामि दमाईले छोएको खाने समेत भनेको आफैलेपनि सुन्थ्यो।जति उस्लाई प्राताडित गर्न थाले उति उ सस्कत बन्दै गयो।उस्ले जनैलाई पनि बहिस्कार गय्रो।दिनहरु बित्दै गय उस्ले आफ्नो त्यो अभियान छाडेन र सक्या सम्म बढाउँदै लग्यो।सबै जात जातिहरु एकै हुँन भन्दै छुवा छुतको लगातार बिरोध गय्रो।उ प्रवासमा पनि सामाजिक संगठनमा लागेपछि उस्को बिचारले निकास पाउँछ भन्ने लाग्थ्यो।केहि दिन पहिले उ लाहुर बाट घर गयको थियो यो बेलामापनि उस्को काम यस्तै प्रकारको रह्यो।
उस्को घर बाट अलि टाडा एउटा स्यानो बजार जस्तो थियो।उस्ले चुरोट पिउँने गर्थ्यो।त्यो बेला तक्रिवन बिडि सिग्रेट पिउँने धेरै नै हुँन्थे।बजार बाट सिग्रेटको पाकिट लिएर फर्किँदै थियो बाटा माथि चौरमा दुर्गि र एउटी बृद्धा महिँला बसेका थिए।दाई नमस्ते!काँ जानु भाको?दुर्गिले सोधी।नमस्ते बैनी म त्यँहि बजार सम्म गएर फर्केको!उस्ले भन्यो।यँहा आउँनुस बोईलाई एउटा चुरोट दिनुसरे!दुर्गाले भन्छे।बिस्वजितले नजिकै पुगेर बोईलाई हातमा ढोग गर्छ हालाकी उस्ले चिनेको थिएन।उनिहरु दलित समुदायका थिए।बोईले चुरोट सल्काएर भैँसी गयकै तिर जान्छिन र त्यँहा एउटा ढुङ्गामाथि बसेर चुरोट पिउँछिन।यता दुर्गिले बिस्वजितको खोल्टि बाटै चुरोट निकालेर सल्काउँछे त्यो दिश्य बुढी महिँलाले नियालेकि हुँन्छिन।दुर्गि अलि चञ्चल स्वाभाबकि छे।तर विस्वजित लाई मितेरी साईनोले गर्दा दाई भन्नु पर्छ। उनिहरुको बिचमा मात्र त्यहि सम्बन्ध थियो।यतिबेर हाँस्दै एउटै चुरोट पालो पालो पिउँदै गरेको उक्त बोईले देखेर उनि अलि भ्रमित भैन।
एकै छिन पछि उनिहरु बिदा हुँन्छन उ भैँसी तिर जान्छे बिस्वजित घरतिर जान्छ।
भोली पल्ट बिस्वजीत ईन्डिया तिर लाग्छ,उ ईण्डिया गएको भोली पल्ट दुर्गीकि आमा बिस्वजितका घर पुग्छिन।विस्वजितकी आमाले बारीमा तरकारी टिप्दै थिईन।दिदी माथि आउँनुस त!दुर्गिको आमाले बोलाउँछिन।आमाले तरकारी टिप्न छाडेर घर तिर निस्किन्छिन।हाम्रो त छोरा छोरीले त जातै हालेछन दिदी,कति राम्रा राम्रा कुरा गर्थे बाबुले जात मान्नु हुँदैन मान्छेहरुको एउटै जात हुँन्छ भन्थे,त्यस्तो समज्दार पढेलेखेको मान्छेल मितेरी साईनो समेतको खयाल नगरी बैनी पर्नेलाई लिएरपो गयछन।दुर्गिकी आमाले निदार चाउरी पार्दै भनिन।के भन्छिउ तिमिले मैले त कत्ति कुरा बुझिन?विस्वजितकी आमाले आश्चार्या हुँदै सोध्छिन।ओहो के भन्नेनी सम्देलो गर्न कहिले आउँनु हुन्छ?भनेर सोधेको मैले अब ता छोराले कामीकी छोरी लगेपछि ता सम्देलोपनि त गर्नु पर्ला?दुर्गिको आमाले भन्छिन।हजूरका बाबुले मेरी छोरी दुर्गिलाई लिएर लाहुर गयको थाहा पाउँनु भैन?उन्ले फेरी सोध्छिन।बिस्वाजितकी आमा रन्हा पर्छिन ।हुँनै सक्दैन मेरो बाबुले यो काम गर्दै गरेको छैन।भन्दै त्यो प्रचार गर्दै नहिँड उनिहरु दाई बैनीले छि यस्तो पनि गर्लान भन्दै मैले पत्तो लगाउँछु भन्छिन।उनिपनि हौश भन्दै त्यँहा बाट हिँड्छिन।भयको के थियो भने जुन दिन त्यो बिस्वजित लाहुर हिँड्यो उसै दिन दुर्गिले बिबहागरेर कतै फररार भैन।एकदिन पहिले दुर्गि लाई सिग्रेट दिने बिस्वजित अनि देख्ने ति बुढी महिँलाले गर्दा दुर्गिकी आमालाई बुढी बोईले भनेपछि होन हो उसैले लग्यो भन्ने परेको रैछ।विस्वजितको आमाले पठाएको चिठी बाट बिस्वजितलाई थाहा भयो।कस्तो समाजहो हाम्रो बुझ्नु छैन आफ्नै पाराले ठोकुवा लगाउँछ!मोहर लगाउँछ भन्दै उस्ले चिठिको जवाफ लेख्छ।पछि दुर्गि ले आफ्नो लोग्नेलाई लिएर माईत जान्छे।
(कथा काल्पनिक हो यस्का पात्रका नाम थर सबै काल्पनिक हुँन कसैको निजि जिबन सँग मेलखाएमा नाम मेलखाएमा सञ्जोग मात्र हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार