• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा झण्डै ५ हजारले जिते कोरोना

सुदूरपश्चिममा झण्डै ५ हजारले जिते कोरोना

  • मङ्लबार, भदौ १६, २०७७
सुदूरपश्चिममा झण्डै ५ हजारले जिते कोरोना

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ५० जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामबाट १८, डोटीबाट १३, महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ६ र सेती प्रादेशिक अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै प्रदेशमा झण्डै पाँच हजार संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका चार हजार नौ सय ७९ जनाले कोरोना जितेका छन्।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३८ जना निको भएर घर फर्किएका छन्। यस्तै डोटीका आँठ सय १६, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

सुदूरपश्चिम प्रदेशमा आईतबार सम्म पाँच हजार नौ सय २९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार