• होमपेज
  • प्रदेश ७
  • सुदुरपश्चिमका २९ जना प्रहरीमा कोरोना संक्रमण

सुदुरपश्चिमका २९ जना प्रहरीमा कोरोना संक्रमण

  • सोमवार, भदौ १५, २०७७
सुदुरपश्चिमका २९ जना प्रहरीमा कोरोना संक्रमण

सुदूरपश्चिममा आइतबार थप एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत् २७ वर्षीय प्रहरी जवानलाई संक्रमण पुष्टि भएको हो।

उनलाई काठमाडौंबाट सरुवा भएर आएपछि ड्युटीमा नखटाई क्वारेन्टिनमा राखिएको थियो। उनीसँगै क्वारेन्टिनमा रहेका अन्य ८ जना प्रहरीको पनि परीक्षण गरिएकोमा रिपोर्ट भने नेगेटिभ आएको छ । उनको भने रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिए।

यो सँगै आइतबारसम्म सुदूरपश्चिमका २९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। १२ सय ७३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा २९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ। क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी परेका र नागरिकसँगको सम्पर्कमा रहेका प्रहरीमा संक्रमण देखिएको सिंहले बताए।

संक्रमित २९ मध्ये हालसम्म १४ जना निको भएका छन्। अहिलेसम्म कैलालीमा ४, कञ्चनपुरमा २, डोटीमा ३ अछाममा ४, बैतडीमा १ र दार्चुलामा १ गरी १५ जना संक्रमित उपचाररत् छन्।

चर्चामा

सम्बन्धित समाचार