सुरेशकुमार पान्डे। सबैका लोग्नेहरु बिदेश जान्छन धन कमाउँछन।तिमि भने घर कुरेर बस्छौ!आखिर बच्चाहरुलाई शिक्षा दिक्षा दिन पर्दैन।घरको खर्च बढ्दैछ तिमीलाई भने कुनै चिन्ता छैन।हाम्रा बाबुहरु ठुला भएर भोली कुन बिदेशीको भाँडा माज्ने हुँन कि कुन साहुको हलो जोत्ने हुँन!सिमाले आफ्नो लोग्ने सँग अलि चर्किदै भन्छे।
अक्षले अलि बेर मौन रहेर उस्को गन-गन सुनेपछि!तीमि जाँदैनौ बिदेश!भनेर जुरुक्कै उठेर बाहिर तिर लाग्छ।
अक्ष र सिमाको अलि बर्ष पहिले मागी बिहे भएको हो।अक्ष लाहुरमा एउटा प्राईबेट कम्पनीमा नोकरी गर्थ्यो,सिमापनी केहि बर्ष सँगै बसी उनिहरु बिच पारिवारीक सम्बन्ध राम्रो थियो।दुईटा शुन्दर बाबुहरु जन्मिएका थिए।जस्तै फैमलि मेम्बर बढ्दै गए खर्चपनि बढ्दै गयो।घरको खर्च पुरा गर्न आखिरमा केहि न केही काम त गर्नै पय्रो।घरमा खालि बसेपछि आफ्नै बानीपनि खराबनै हुन्छ।
यति बेला बिदेश जाने चल्ति चलन ब्यापक बन्दै गयको थियो।किन की छिमेकी देशमा अब राम्रो नोकरी मिल्न कठिन थियो।त्यसैले धेरै जस्तो युवा युविती हरु तेश्रो मुलुकमा जान रुचाउँन थालेका थिए।देशभित्र ता कामै मिल्दैन बहुदलिए ब्यबस्था आएपछि युवाहरुको तेश्रोमुलुकमा जाने तृव रहर पलाउँदै गयो।एक आर्काले कमाएको देखेपछि देखासिकी गर्नुपनि स्वाभाबिकनै हो।
अक्षको कुराले सिमालाई भित्र बाट झक-झकायो।उस्ले अलिबेर सोँच्न थाली!होता नी मैँपनि त पढेलेखेकी छुँ आखिर महिलाहरुपनि ता बिदेशमा गएर धन कमाएकैछन।यो सदै घर भित्रको चुलो चौको गर्नु भन्दा घर बाहिर गएर दुई पैसा कमाएको ता राम्रै त हो।उस्ले मनै मनमा कुरा खेलाउँन थाली।छोराहरु पनि अब आफ्नो बा सँग बस्न सक्ने भै सकेकाछन यो घर कुरेर बस्नु भन्दा मै जान्छु बिदेश भन्छे।दिउस भरी यस्तै बिचार सोँच्दै बसेको दिन गयको थाहानै भैन।
अक्षपनि दिउस भरी कता कता गाउँमा घुमेर फर्किएको थियो।अक्ष काँहा गएको सारा दिन हँ?उ भित्र पस्दा साथ फेरी सिमाले सोध्छे।गाउँमा गएको थिएँ।घरमा पनि त तिमि कराकरै गरछिउ त्यही भएर यँहा बसेर के गर्ने?उस्को प्रश्नवाचक उत्तर सुनेर सिमा ए .हो !भन्दै कुराको बिट मार्छे। उस्ले यतिबेला आफु मौन बस्नुमानै ठिक सम्झिन्छे।सिमा भान्शाको तैयारीमा लाग्छे।अक्ष बच्चाहरु सँग खेल्छ,उस्लाई बाबुहरु सँग खेलेको लुकि लुकी हेर्दै गरेकी सिमा अक्षको बच्चाहरु प्रतिको स्नेह देखेर मनै मनमा हर्षित हुँन्छे।ठिकै ता हो यदि म बिदेश गैहाले पनि आमाँको अभाब महेशुर्ष गर्नेछैनन बाबु हरुले!अक्षले बाबुहरुलाई खुबै मायाँ गर्छ।सिमाले यहि मन मनै सोँच्दै खाना पकाउँछे।
एक छिन पछि भान्शा गर्छन र बाबुहरु पनि सुत्न जान्छन आफ्नो कोठामा।दुई जना मात्रै बसेको बेल अक्ष साँच्चै म जान्छुहै बिदेश? सिमाले बिन्रमता पूवर्क सोध्छे।के काम गरौली तिमिले बिदेशमा?अक्षले मन्टो बटार्दै प्रश्न गर्छ।केही पनि!मेरी एउटी साथिले बुढाबुढीको सुसारे काम पाएकीछ तलब पनि राम्रो छ त्यँहा लोग्ने मान्छेलाई भन्दा महिलाहरु लाई काम छिट्टै पाईन्छ।शुरक्षापनि हुँन्छ भन्थी उस्ले।केही मैनामानै तिन चार लाख घरमा पठाई सकि मलाई पनि हिन भन्थी उतिबेला तँ आउँनेभय मैले बिजा दिलाई दिन्छु समेत भन्थी।दुई तिन बर्षको ता कुराहो हाम्रो थोरै आर्थिकमा सुधार भयोभनी ता म आईहाल्छु नि हुँदैन?सिमाले अक्षको आँखामा आखा हालेर भन्छे।
त्यसो भय जाउ काम गर्न सक्छौ भने!अक्षले भन्दै तैयारी गर्न ईसारापनि गर्छ।अक्ष अलि सिरियस स्वाभाबको थियो तर सिमा अलि चञ्चल स्वाभाबकि हुँन।
सिमाले सबै तैयारी गरेर भीजा लगाउँछे केहि मैनामै उस्को भिजा पनि आउँछ,यसरी सिमा अब बिदेश पुग्छिन।काम पनि भनेजस्तै भेटाउँछिन।केहि मैनामै उन्ले घरमा धन पठाउँन थाल्छिन।बिस्तारै घरको अबस्थामा शुधार हुँदै जान्छ।छोराहरुले पनि राम्रो स्कूलमा भर्ना गराएर पढाई गर्छन।केही बर्षपछि छोराहरु घरमा आएपछि अक्ष गाउँतिर लाग्थ्यो अनि राति मा ढिलो आउँथ्यो।बिस्तारै उस्ले रक्सि पिन थाल्यो जुवापनि खेल्दो रैछ।सिमालाई कसैले भनेपनि खासै वास्था राखिन तर उस्को घाउँ घरमा चर्चानै चल्न थालेपछि सिमाले चिन्ता गर्न थाली।सिमाले बिदेशमा दुख गरेर कमाएको धन उस्ले रक्सी तास र ऐयासीमा खर्चिन थालेको थियो।कहिले बजारु महिँलाहरु सँग कहिले रक्सिको भट्टिमा कहिले जुवाको अड्डामा उस्को ब्यबहार दिनपछि दिन बिग्रिदै गयो।उता सिमाले चिन्ता गरेर बिमार हुँन थालि।जब आफु बद्नाम भयो उस्ले अब आफ्नो गलति ढाक्न सिमालाई बद्नाम गर्न थाल्यो।यँहा सम्मकि आफ्ना औलादहरु लाईपनि तिम्रो आमा चरित्रहिन छे भनेर भड्काउँन समेत कसर छाडेन।
सिमाले कमाएर पठाएको धनले सिमालाई बद्नाम गर्ने र आफुले ऐयासी गर्नमा खर्चियो।
अनि अक्षले आर्कि महिँला ल्याएर घर भित्रायो।उसै सँग बस्न थाल्यो छोराहरु पनि ठुलठुला भए।सिमालाई आखिरमा न बुढाको मायाँ न छोराहरुको न घर यसरी सुखःको खोजिमा बिदेश गयर पौरख पोखेकि सिमा भयंकर दुखःको संघारमा आई पुगिन।धनको लोभमा पुरा परिवार छिया-छिया भयो।३१-०८-२०२०,(यो कथा काल्पनिक हो यो कसैको ब्याक्तिगत जिवन सँग मेल खान गएमा मात्र संयोग हुँनेछ।यो कथा पात्र को नाम सबै काल्पनिक हुँन।लेखकको उदेश्य जन चेतनाको बिकास गर्नुनै हो।)