• होमपेज
  • समाचार
  • कोरोना संक्रमणका कारण भक्तपुरमा वृद्धको मृत्यु

कोरोना संक्रमणका कारण भक्तपुरमा वृद्धको मृत्यु

  • आइतवार, भदौ १४, २०७७
कोरोना संक्रमणका कारण भक्तपुरमा वृद्धको मृत्यु

भक्तपुरमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको मृत्यु भएको हो ।

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको आइतबार २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका एक अधिकारीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार