• होमपेज
  • कला /साहित्य
  • एकता हुँदैन एक आर्कामा कराएर सदैभरी

एकता हुँदैन एक आर्कामा कराएर सदैभरी

  • आइतवार, भदौ १४, २०७७
एकता हुँदैन एक आर्कामा कराएर सदैभरी

एकता हुँदैन एक आर्कामा कराएर सदैभरी,
बिना तालको यो गित बन्दैन गाएर सदैभरी।

लुटमार भ्रष्टचार महेँगीको बिरुद्ध बोलौँ बरु,
आपसमै लुछा लुछछ काम नपाएर सदैभरी।

जाने जाउ बस्ने बस अरुलाई न फैलाउ रोग,
कति दिन टिक्छ ताना तानमै धाएर सदैभरी।

समाजमा छुवाछुत पलपलाउँदैछ मान्छेभित्र,
त्यही पन्छाउ राष्ट्रीय झण्डा उठाएर सदैभरी।

केको तेरो मेरो मरे खरानी बन्नेहो यो माटो मै,
के पाउँछौ आफ्नो वचनले पन्छाएर सदैभरी।

लड्नु पनि काँछ काँ दुश्मन पनि काँ छन काँ,
टुक्रिन हुँदैन कैलेई आपसमै अघाएर सदैभरी।

बुझ साम्राज्यावादको तोडेर राजगर्ने बिधीपनी,
सात्ता बचाउँदैआयो अरुलाई लडाएर सदैभरी।

छ यो सेते नी पिडित धेरै सह्यो एकताको लागी,
के मिल्छ घरेलु कुरा अर्कालाई पढाएर सदैभरी।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार