दिन भरी खेत बारीमा काम गर्दा,गाई गोरुलाई स्यार सुसार गर्दा गर्दै बिनी कति छिट्टै तरुनी भैसकि हेक्कै भैन।देख्नमा शुन्दर बाटुलो अनुहार गोरो बर्ण उस्तै चञ्चल स्वाभाबकी थी।
बाउ नभयका चार भैनी छोरी र एउटा छोरालाई दुख सुखः आमाले हुर्काईन।यिनै मध्यकी सबै भन्दा ठुली बिनी हुँन उनि पनि सत्रर बर्षकी भैसकिन।गाउँ घरमा सानैमा बिवहा गर्ने चलन थियो तरपनि अहिले आमाँले बिनी तरुनी भयको हेक्काई पाईनन।उ अत्यान्तै चञ्चल थि र मिठा मिठा सपनामा हराउँने गर्थी।
अलि पर मुखियाका घर एउटा ठिटो सहरबाट आएको कर्नेले बिनी खेत बारीमा आउँदा जाँदा उ तिर कोखे नजरले हेर्थ्यो।बिनीले थाहा पाएरपनि केहि भनीन अलि दिन उ चुपचाप आउँने जाने गरी।त्यो केटा तिर खासै वास्ता गरीन।केही दिन पछि कर्नेको बानी त उस्तै थियो बिनीले पनि उतिर पेर्लुक्कै हेर्दा उ खिसिक्क हाँस्यो।बिनी लजाई र यता उता हेर्दै अगाडी बडि।यो क्रम. अलि दिन यस्तै चल्यो।वास्तबमा कर्ने यस्ताकाम मा नयाँ भने थिएन।
एक दिन खेत बाट घाँस लिएर बिनी आउँदै थी उस्लाई एक्लै देखेर कर्ने बाटो मा ठिङ्ग उभिन्छ।कर्ने फौजी ड्रेशमा हुँन्थ्यो सदै त्यसैले बिनीले उस्लाई फौजीनै सम्झेकी थि।बाटो छाड्नुस फौजी भयरपनि केटीहरुको बाटो छेकेर बस्न स्वाँउँछ?तिमी केटी भएर अर्काको दील चोर्न स्वाउँछ?भन्दै उस्ले बाटो छाड्छ।यस्तै प्रकारले केही दिन हाँसो ठट्टा मा बितछन।बीनीले मनै मनमा उस्लाई मनपराउँन थालेकी थिई।कर्ने आफ्नो माओल आएको बताउँथ्यो।आफु फौजमा जागिरे र अबिबाहित भन्थ्यो।देख्दा पनि पत्यार्लाग्दो थियो भर्खरैको ठिटो दिखिन्थ्यो।बिनीले मनैमनमा सपना देख्न थाली,उस्ले यत्तीको बर मिले बिबहा गर्ने बिचार गर्न थाली।यसरी दुबैजनामा माँया बढ्दै गयको देखिन्थ्यो।एक दिन कर्नेले एकान्तमा बोलाउँछ।बिनी अब मेरो छुट्टी सकियो मलाई डिप्टीमा हाजीर हुँनुछ भन्दै अब बिदा देउहै?भन्छ।बिनी अक्क-मक्क पर्छे।अलि दिन छुट्टी बढाउँन मिल्दैन?बिनीले अलिबेर उस्का आँखामा हेरेर भन्छे।मिल्दैन धेरै दिन भैसक्यो अब त जानै पर्छ मलाई!कर्नेले भन्छ।केतिमी मसँग सँगै जान्छौ?कर्नेले कुरा थप्छ।तीमिलाई छाड्न त सक्दैन तर यसरी भागेर जाँन त नराम्रो हुँन्छ बरु घर हिँड आमा सँग कुरा गर बिबहा गरेर जाउँला नी सँगै!बिनीले उस्का आँखामा गहिररी नियाल्दै भन्छे।ओहो बिनी अहिले सल्हा गर्ने फुर्सतनै छैन सल्हागर्दा यँहा मावलीहरु पनि छन,कस-कसलाई सोध्ने अहिले त्यो सल्हा गर्नेकाम छाड जाने मनछ भने कसै सँग केहि भन्नु पर्दैन पर्सी बिहानै त्यैयार भयर आए मैले तिमीलाई पर्खिन्छु!कर्नेले भन्छ।यसरी गाउँमा के भन्लान आमाले मलाई केभन्नु होला?भो यसरी ता हुँदैन!बिनीले उदास भयर भन्छे।बिनी सबै ठिक हुँन्छ पछि तिमीले म सँग मायाँ गर्छ्यौ भने सुटुक्कै हिँड भविस्या ता हाम्रो होनी!भन्दै कर्नेले फकाउँछ।बिनी लाई उ सँग गहिरो मायाँ बसिसकेको थियो जस्लाई एउटा अन्धो र अनौठो प्रेम भन्निन्छ त्यस्तै बिनीको हाल थियो।कोहो?उस्लाई काँ लग्ला?त्यो सँग सम्बन्धीत बिचार गौण भयका थिए।मात्र उसँगै सतिजाने तर्खरमा थिई।बिनीले अलिबेर केही सोचे जस्तो गरेर कर्ने तिर गम्भिर भयर नियाल्छे।
हामी कहिले जाने त उसोभय ?उस्ले कर्ने सँग सोध्छे।पर्सी बिहानै भालेको डाँकोमा हिँड्ने हो।कर्नेले हर्षित हुँदै भन्छ।उ कटुल मुस्कुराहटमै थियो।अब बीनी उसँग जाने पक्का पक्कि भैसकी।
भोली पल्ट आँमा मलाई भोली बिहानै त्यो मेरो साथी छनी फुच्ची त्यो सँग बजार जानछ उसको सँग जान्छु है?आमा सँग सोध्छे।यँहा काम कस्ले गर्छ?जानेहोईन आमाले मन्हा गर्छिन।बिनीले धेरै जिद्दी गरेपछि हौश जालिस तर छिट्टै फर्केस भन्छिन।
भोली पल्ट बिहानै बिनी घरबाट आमा सुतेकै बेला हिँड्छे,बाटोमा कर्ने ले पर्खेर बसेको थियो।त्यँहा बाट उनिहरु दिल्लिको लागी गुड्छन।बिनी रेलगाडीमा बसेकी थि तर मन उदास थियोँ पहिलो पल्ट आमाँ लाई छाड्दा उस्लाई बैरक लागेको थियो।उ एकातिर त्यो मिठो सपना अर्को घरछोड्नुको पिडाले उस्को आँखा रसाएकाथिए।तर कर्ने भने मनैमनमा खुसिभयको थियो।उस्ले बिनीलाई छक्काउँन सफल भयकोमा खुबै हर्षित थियो।
उनिहरु दिल्ली पुग्छन अनि एउटा होटेलमा बसेका हुँन्छन।होईन तपाँईले ता डिप्टिमा छिट्टै पुग्ने भन्नु हुँथ्यो त अहिले दुई दिन सम्म पनि ढिला भयन हजूरलाई?बिनीले गम्भिर भयर सोध्छे।उस्ले कहिले कस्लाई कहिले कस्लाई भेटाउँने भन्दै जान्छ र अलिबेर पछि एउटा उसैको साथी भन्ने आएर बसेकै थियो।त्यो होटेलमा पुलिसको अचानक छापा पर्छ त्यँहाबाट सबै भागा भाग हुँन्छन।बिनी लाई पुलीसले छोप्छ अनि ब्यस्या बृद्धीको आरोपमा ठानामा लग्छ।उस्लाई जेलचलान गर्छन कर्ने कुनै फौजी थिएन बरु एउटा दलाल थियो।उस्को फोटा पुलिस सँग थियो उस्ले बिनीलाई बेची सकेको थियो तर पुलिसको छापा लागेपछि त्यो गाहाक पनि भाग्यो।
जेलमा बन्द बिनीको सपना चक्नाचुर भयको थियो।उ गाउँमा कसैलाई मुख देखाउँने अबस्थामा थिईन।त्यो बेला नेपालीहरुको धार्मिक समाजहरु पनि थिए।उनिहरु मध्यकुनैले बिनीलाई जेलबाट जमानतमा छुटाएर।लगे अनि पछि उस्को बिबहा एउटा धार्मीक तहका ब्याक्तिले तिनी महिँला सँग बिबहा गरेर जिबन बिताईन।केहि बर्षपछि माईत पनि लगेर भेट गराएका थिए।तर बिनीको त्यो होटेलमा छापा हुँदैनथ्यो भनी उनी कुनै ब्यस्यालयमा पुग्थिन।यसरी उन्को सहर मा जाने रहर आज यसरी पुरा भयकोछ।धन्या त्यि बुढा जस्ले सबै देखेर उन्लाई अप्नाए।
३०-०८-२०२०(कथा काल्पनिक हो यस्का पात्रका नामहरु सबै काल्पनिक हुँन कसै सँग यस्को नाम कथा मिल्न गयमा मात्र संयोग हुँनेछ।)