चोर (लघुकथा)

  • शनिबार, भदौ १३, २०७७
चोर (लघुकथा)
            सुरेशकुमार पान्डे

चोर-चोर-छोप त्यसलाई भन्दै चिच्चाउँदै एक झुँड दौडेको आभास हुँन्छ। तर रवी ले कुरो बुझ्दैन,आखिर कस्लाई उँनिहरुले चोर-चोर भन्दै कराई रहेकाछन।उस्ले त्यो आवाजहरु सुनेपछि यता-उता हेर्छ अन्ध्यारो थियो कतै केहिपनि देख्दैन।
आज रवीलाई तलब मिलेको थियो उस्को मनमा आज फिलम हेर्ने बिचार जाग्यो एक्लो मान्छे रातिको नौ बजे वाला फिलमको सो मा फिलम हेर्न गयो।
फिलम सक्किएपछि उ आफ्नो क्वटरमा फर्किन थालेको थियो।हिँड्दै जाँदा त्यो बाटो अगाडी बाट बन्द भयको पायो।यो सहरमा रबी लाई केही मैना मात्रै आएको भएको थियो। कहिले कसो फिलम हेर्ने उस्को बानी थियो।आजपनि धेरै दिनपछि फिलम हेर्ने मन लागेको रवी बाह्र बजे फिलम सकिएपछि उ आफु बसेको क्वाटरमा जाँन थाल्दा यँहा चोर चोरको आवाज सुनेपछि उतै ट्वाल परेर हिरीरहेको थियो।दुईटा सरदार ता होईनन तर उस्तै उस्तै कपाल दारी पालेका आएर रवीलाई च्याप्पै छोप्दै लौ भेटियो चोर भन्दै अरुलाई कराउँदैछन।
हजूर म चोर होईन!भन्दै रवीले सफाई दिन्छ तर उनिहरु मध्य एउटाले रवीलाई छोप्छ अर्कोले रवीको खोल्टिमा भयको पाँच सए रुपियाँ जो आज उस्ले तलब बुझेको थियो त्यो खोसेर लग्छन।जो रवीको पुरा महिनाको तलब थियो।
भाई जी मलाई मेरो पैसा फिर्ता दिनुश भन्दै रवीले बिन्ति गर्छ।तर उँनीहरुले उल्टै रवीलाई त्यो चोर-चोर भन्दै आएका एउटा समुहँलाई दिन्छन यही भाग्दै थियो हामिले छोपिम भन्दै त्यो भिडको हवाला गर्छन।रवीले म चोर होईन मलाई ति केटाहरुले मेरो पैसा खोसेर लगे भन्दै कराउँदै गर्छ तर कसैले उस्को कुरा सुँन्दैनन।बरु उसैलाई पछाडि दुबै हात बान्छन र सडकमै पल्टाएर लट्ठाले हान्न थाल्दा एक चना चौकिदारले रोक्छ।तिमिहरुले यस्लाई हाँन्न मिल्दैन यो चोरलाई पुलिसलाई दिनुपर्छ भनेर उस्लाई कुट्न बाट जोगाउँछ।त्यो चौकिदार नेपाली थियो र साहिद रवीलाई उस्ले चिन्द थ्यो।
रवीले सबैका आगाडी बिन्ति गर्छ “म चोर होईन मलाई छाड्दिउ,मेरो आफ्नै पैसा खोसेर मलाई चोर भन्दै यो भिडलाई दियो ति दुईटा केटाले भन्छ।यता उता हेर्दा अब तिनी दुईटा केटाहरु लाई रवीले देख्दैन।खै केथा चोर चोर भन्ने ति दुईजना आफैपो चोर थिएकी!त्योपनि सोँचनिय बिषय हो।
वास्तबमा जुन सिनेमा घरमा फिलम हेर्न रवी गएको थियो त्यही हौलको भाईर टिकट क्वौन्टरमा ती मध्य एउटालाई रवीले देखेको जस्तै लाग्थ्यो।एउटा दुईटा गर्दै थपिदै जाँदा एउटा स्यान स्यानो जुलुस जति त्यँहा जम्मा भएका थिए रवीको अनुहार हेर्दा उस्को कुरा सुन्दा केही ब्याक्तिले यस्लाई नपिट बरु पुलिसलाई दिउँ भन्दै त्यो भिडलाई सम्झाउँछन।नत्र त्यो भिडले एक एक थप्पड लाएको भए रवी जिउँदो हुँदैनथ्यो।त्यो सहरमा एकजना लाई रवीले कहिले कसो देखेको जस्तै लाग्यो।कहाँको होश तँ?भिड बाट एकजनाले सोध्छ।म यतै बस्छु एउटा कम्पनिमा काम गर्छु भन्छ।भन यँहा कसैलाई चिनेकोछश?एउटालाई उस्ले कहिले कसो देखेको जस्तो लाग्थ्यो वीजय लाई चिनेको छुँ भनेर सिकाउँछ।हो त्यो डाँकालाई चिनेको भय ता झन पक्कै चोर यहिहो भन्छन।किनकी जस्लाई रवीले चिनेको छुँ भन्यो त्यो केटा यस्ता चोरीका केसमा कयौँपटक झेलमा गएको रैछ।रवीलाई बिना कसुर त्यो भिडले ठानामा लगेर पुलिसको हवाले गर्दिन्छन।अब पुलीसले सोधपुछ गर्छ र एउटा कोठरीमा थुनेर राख्छ उनिँहरुलाई भोली आउँन भन्छ यति बेला रातिको दुई बजिसकेको थियो।
के नाम हो तेरो?राता राता आँखागरेको देख्नमा राक्षेश जस्तो कालो ठानेदारले आफ्ना जुँवा बटार्दै सोध्छ।जी
रवी नाम हो मेरो!रवीले आफ्नो नाम भन्छ।भन त्यो कानबाली काँछ?जो त्यो केटीको चोरेर भागेको थिस त्यो मलाई देल मैले तँलाई भर्खरै छोड्दिन्छु!पुलिसले भन्छ।सर मैले केहिपनि चोरेको छैन मेरो गोजाबाट पाँच सए रुपियाँ लगेर उल्टै मलाई चोर लगायो तिनिहरुले भनेर आफ्नो पुरा बिबरण भन्छ।
भोली पल्ट रवीको मालिक र एक जना पुरानो त्यँहाको रैथाने लाई लिएर आउँछ।मालिकले भन्छन यो निर्दोशछ यस्लाई छोड म यस्को जमानत दिन्छु माँलिकको यो कुरा रवीले सुनेपछी!सर जी मलाई जमनत मा ननिकाल्नुस प्लिज त्यो केटाहरु जस्ले मलाई यो भिडको हवाले गराएका थिए तिनिहरु लाई ईनैले चिनेकाछन कृपया तिनलाई बलाउँनुस।उनिहरुले मेरो पुरैमैनाको तलब लगेकाछन खोसेर भन्दै मालिकलाई आपबिति पुरै सुनाउँछ।अनि जुन केटीको मैले कानबाली निकालेँ त्यसलाईपनि टकार्नु पय्रो भनेपछि उस्ले मालिकले
त्यो जो मालिकले लिएर गएको थियो उस्लाई भनेर ति सबैलाई खेर्न पठाउँछ।उ त्यो सहरको पुरानो र गणमान्य ब्याक्ति थियो।साँझ पख त्यो मान्छेले भन्छ
ति केटाहरु ता आउँदैन यस्को खोल्टी बाट खसेको भन्दै पाँच सम रुपिया दिन्छन।र ठानाबाट रवीलाई छुटाएर लग्छन।
२९-०८-२०२०,(कथा काल्पनिक हो।यस्को र पात्रको नामहरु काल्पनिक हुँन यदि कसैको नाम सँग मेलखान गयमा मात्र सयोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार