शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बुढिगंगामा नगरसभा नभएकाले ४ करोड ३ लाख कोलेनिकामै रोकियो

बुढिगंगामा नगरसभा नभएकाले ४ करोड ३ लाख कोलेनिकामै रोकियो

  • शनिबार, भदौ १३, २०७७
बुढिगंगामा नगरसभा नभएकाले ४ करोड ३ लाख कोलेनिकामै रोकियो

बाजुरा– बुढिगंगा नगरपालिकामा नगरसभा नहुदा ४ करोड ३ लाख कोष लेखा नियन्त्रण कार्यलय बाजुरामै रोकिएको छ । नगरसभा नभएका कारणले बजेट रोकिएको कोलेनिका बाजुरा सुचना अधिकारी धन बहादुर थापाले वताएका छन् ।
बिनियोजन ऐन अनुसार भदौ २ गते सम्म पहिलो चौमासिक निकाशा गरिसक्ने भएपनि बुढिगंगा नगरपालिकामा नगरसभा नभएका कारण कोलेनिका नै बजेट रोकिएको छ । अहिले चेक काटेर रोक्छौ, चेकको म्याद एक महिना सम्म हुन्छ, चाडै नगरसभा गर्न पत्रचार गर्ने सुचना अधिकारी थापाले बडिमालिका खबरलाई वताएका छन् । नगरसभा बाट बजेट पास नगरेर मात्र निकाशा र खर्च गरिनुपर्ने ब्यबस्था रहेको कोलेनिका बाजुराले जनाएको छ ।
समयमै नगरसभा नहुँदा बुढिगंगा नगरपालिकामा विकासे गतिबिधि लगायत काममा बाध भएको छ । संघीय सरकारले असार १० गतेभित्र स्थानीय तहलाई नगरसभा तथा गाउसभा गर्न परिपत्र गरेको थियो । स्थानिय तहको निर्बाचन पछि बुढिगंगा नगरपालिकाले यो आर्थिक बर्ष मात्र समयमा नगर नभएको भने हैन । सधैको आर्थिक बर्षको बजेट निति तथा कायक्रम ल्याउदा संघीय सरकारले तोकेको समय भन्दा निकै पछि ल्याउने गरेको छ ।
बुढीगंगा नगरपालिकामा मेयर, उपमेयर र चार ओटा वडाहरुमा नेपाली काँग्रेसले जितेको छ भने छ ओटा वडाहरुमा नेकपाले जितेको छ । नगर कार्यपालिकामा नेकपाको बहुमत छ । बिगतका बर्षहरुमा एक पार्टीले अर्को पाटीलाई दोष दिदै राजनैतिक खिचातानीका कारण बिबादमा आएर नगर सभा समयमा नहुन गरेको थियो । यो वर्ष भने जनप्रतिनिधिहरुले नगरसभा नहुनुको बहाना फेरेका छन् ।
बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले यो बर्ष राजनैतिक बिबाद भन्दा पनि प्रमुख प्रशासकीय अधिकृत्त लामो समयसम्म नहुदा बजेट बाडफाट निति तथा कार्यक्रम बनाउन ढिलो भएको बताए । बाजुरा जिल्लाको सबै भन्दा बढी जनसंख्या भएको बाजुरा जिल्लाको बुढीगंगा नरपालिका नै हो भारत लगाएत देशका अन्य जिल्लाहरुबाट नगरपालिका भित्रिनेको संख्या पनि उल्लेखनिय भएको कारणले तिनिहरुको ब्यबस्थापनमा कर्मचारी तथा जनप्रतिनिधि सबै त्यसैको ब्यवस्थापनमा लागियो मेयर शाहले बताए । कोरोना महामारीको ब्यवस्थापनमा लाग्दा जनप्रतिनिधि नै कोरोनाको संक्रमण हुदा नगरसभाको बैठक बसाल्न समस भएको उनले बताए ।
नगरसभाको बैठकको लागि समय समयमा छलफल त हुदै गर्दा वडा नम्बर १ वडा अध्यक्षको मृत्यू भयो । उहाको मृत्यु पछि तीन दिनसम्म नगर सभामा केही काम नै गरिएन वडा अध्यक्षको मृत्यु पछि त्यो वडामा कार्यबहाक कस्लाई दिने टुंगो भएको छैन । टुंगो लगाएर पठाउन वडालाई परिपत्र गरेको नगर प्रमुख शाहले बताए । त्यो पछि बस्ने भनि बैठक बोलाएको थियो, बिचमा बाढी पहिरोले नगरपालिकाको धेरै बस्तिहरुमा बाढी पहिरोले क्षेति पुर्याे सबै जनप्रतिनिधि त्यसैको ब्यवस्थापनमा लाग्दा समयमा नभएको नगर प्रमुख शाहले बताए ।
बुढीगंगा नगरपालिकाले आर्थिक बर्ष ०७६।०७७ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएको पाइएको छ । नगरपालिकाका वडा नम्बर १ देखी ५ सम्म बितरण गरिएको भए पनि ६ देखी १० वडासम्मको सामाजिक सुरक्षा भत्ता बितरण नगरिएको बुढीगंगा नगरपालिका ८ का वडा अध्यक्ष टेकबहादुर रावलले बताएका छन् । रावलले थपे सामाजिक सुरक्षा भत्ता नपाएको कुरा साचो हो, नगरपालिकामा कर्मचारिलाई सोध्दा रकम अपुग भएको प्रतिक्रया दिएका छन् । बुझदै जादा लेखाले समयमा रकम माग नगरेको बुझिएको बडा अध्यक्ष रावलले बताए ।
ालाई थाहा हुने बताए ।

चर्चामा

सम्बन्धित समाचार