• होमपेज
  • समाज
  • ६ लाख ४० हजार रुपैयाँसहित हुन्डी कारोवारी पक्राउ

६ लाख ४० हजार रुपैयाँसहित हुन्डी कारोवारी पक्राउ

  • शुक्रबार, भदौ १२, २०७७
६ लाख ४० हजार रुपैयाँसहित हुन्डी कारोवारी पक्राउ

रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ६ लाख ४० हजार स्रोत नखुलेको रुपैयासहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ईशनाथ नगरपालिका ९ लवतना गाँउ नजिकैबाट स्थानीय लक्ष्मण साहका छोरा १६ वर्षीय मनोजकुमार साहलाई गस्ती टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरबाट डिएसपी नरेश भण्डारीको कमाण्डमा गएको टोलीले ईशनाथ २ औरैयाका साहबाट चेकजाँचको क्रममा भारतीय नम्बरको मोटरसाईकलसहित उक्त रकम बरामद गरिएको हो । बरामद रुपैयाँ, मोटरसाईकल र मनोजकुमारलाई आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्रका एसपी सुर्यबहादुर सेन ओलीले बताए ।

यसअघि गत चैत ११ पछि सशस्त्र प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट ४३ लाख,४३ हजार, ४ सय २० नगद र ४ जना मानिस पक्राउ गरिएको एसपी ओलीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार