शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जापानका प्रधानमन्त्रीले राजीनामा दिँदै

जापानका प्रधानमन्त्रीले राजीनामा दिँदै

  • शुक्रबार, भदौ १२, २०७७
जापानका प्रधानमन्त्रीले राजीनामा दिँदै

जापानी प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिने तयारी गरेको स्थानीय मिडियाले जनाएका छन् । उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित रहेको र पछिल्लो समय उनको स्वास्थ्य अवस्था जटिल बनेको समाचारमा बताइएको छ ।

६५ वर्षीय अबेले सरकारका लागि समस्या खडा गर्न नचाहेको एनएचकेले बताएको छ । यो हप्ता मात्र उनी लगातार सबैभन्दा लामो समय पदमा रहने जापानी प्रधानमन्त्री बनेका थिए । उनले सन् २०१२ देखि सत्तामा रहँदै आएका छन् ।

यसअघि पहिलो कार्यकालका दौरान उनले सन् २००७ मा प्रधानमन्त्री पदबाट यही रोगका कारण राजीनामा दिएका थिए । ठूलो आन्द्रामा हुने यो समस्याबाट अबे युवाअवस्थाबाट नै पीडित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार