शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • काँग्रेसले पनि दियो कोल्टीका बढीपिडीतलाइ राहात

काँग्रेसले पनि दियो कोल्टीका बढीपिडीतलाइ राहात

  • बिहिबार, भदौ ११, २०७७
काँग्रेसले पनि दियो कोल्टीका बढीपिडीतलाइ राहात
फाइल तस्बीर

सर्मीला रोकाया —  बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ र ६ का बाढी पहिरो पिडीतलाई नेपाली काँग्रेस जिल्ला कार्य समितिले आर्थिक रकम सहयोग गरेको छ । गत मंगलवार बड्डीगाड खोलामा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनु भएकी वडा नं ६ की झिमा ल्वारको परिवार र वाढि पहिरो पिडीत वडा नं १ का दुई परिवारलाई नेपाली काँग्रेस जिल्ला कार्य समितिले आर्थिक रकम सहयोग गरेको हो । बाढी पहिरोमा परि ज्यान गुमाउनु भएकी ल्वारकोे परिवारलाई ५ हजार र वाढि पहिरोबाट क्षेति ब्यहोरीरहेका पहिरो पिडीत विष्णु भण्डारी र चिनकला भण्डारीलाई प्रति व्यक्ति २÷२ हजार आर्थिक सहयोग सहयोग गरेको नेपाली काँग्रेस जिल्ला कार्य समितिले जनाएको छ ।

नेपाली काँग्रेस बुढीनन्दा नगरपालिका वडा नं एक वडा कार्य समितिका सभापति चक्र बहादुर कार्कीको अध्यक्षयतामा आज एक कार्यक्रमको आयोजना गरी उक्त परीवारलाई राहात स्वरुप सो रकम सहयोग गरीएको बताईएको छ ।

आज वाढि, पहिरो पिडितहरुलाई राहात वितरण गर्न पुग्नुभएका नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष नारायण पाध्याय, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य महोनसिंह कार्की, वडा नं एकको वडाअध्यक्ष नीर्पराज खत्रि, वडा नं ३ का वडा अध्यक्ष राम बहादुर बोहोरा, वडा सदश्य रणबहादुर कर्की, नेपाली काग्रेसका नेता विनोद गिरी, दयाराम पाण्डे, अंग रावत र रामचन्द्र कार्की लगायत नेता तथा कार्यक्रताले सो रकम हस्तान्तरण गर्नुभएको विद्यार्थी नेता रविन्द्र रोकायाले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार