शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • ईश्वर पोखरेलका सम्धी वाणिज्य बैंकको सञ्चालकमा नियुक्त, अध्यक्ष बनाउने तयारी

ईश्वर पोखरेलका सम्धी वाणिज्य बैंकको सञ्चालकमा नियुक्त, अध्यक्ष बनाउने तयारी

  • बुधबार, भदौ १०, २०७७
ईश्वर पोखरेलका सम्धी वाणिज्य बैंकको सञ्चालकमा नियुक्त, अध्यक्ष बनाउने तयारी

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्यमा डा. उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउनेगरी कोइरालालाई सदस्यमा नियुक्त गरिएको हो । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् ।
कोइरालालाई मन्त्रिस्तरीय निर्णयबाट बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।

बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष पदमा कोइरालालाई ल्याउन सञ्चालक नियुक्त गरिएको हो । “अध्यक्ष हुनुभएका निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेकाले कोइराला अध्यक्ष हुने गरी संचालकमा नियुक्त हुनुभएको हो,” राष्ट्रिय वाणिज्य बैंक स्रोतले जानकारी दियो ।

बैंकको सञ्चालक समितिको बैठक बुधबार बस्नेछ । बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, प्राडा राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती, जनककुमार बराल र प्राडा माधवप्रसाद दाहाल छन् । बैंकका सञ्चालकहरुमध्येबाटै अध्यक्ष चुन्नुपर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिले नै सूचित गरेर सञ्चालक नियुक्त गरिएको स्रोतको दाबी छ ।

पटकपटक नियुक्ती पाउने कोइलाला !

कोइरालाले यसअघि धेरै संस्थामा नियुक्ति खाइसकेका छन् । २०५१ सालबाटै नियुक्त पाउन सुरु गरेका कोइराला तत्कालीन समयमा खाद्य संस्थानको महाप्रबन्धक नियुक्त भएका थिए । मन्त्री पोखरेलकै जोडमा उनी त्यसबेला पनि महाप्रबन्धक नियुक्ति भएको स्रोतको दाबी छ । त्यसपछि महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखमा नियुक्त भए । यसैगरी ईश्वर पोखरले वाणिज्य तथा आपुर्तिमन्त्री भएका बेला कोइरालालाई नेपाल आयल निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

त्यसपछि उनी उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । त्यतिबेला उनी गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवादित बनेका थिए । उक्त विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरेपछि कोइरालाले राजीनामा दिएका थिए । त्यसपछि उनी फेरि मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए ।

त्यहाँ पनि उनीविरुद्ध आन्दोलन भएको थियो । विश्वविद्यालयमा अनियमितता गरेको भन्दै विद्यार्थीहरुले २ महिनासम्म विश्वविद्यालयमा तालाबन्दी नै गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार