शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • मेसीले सबैभन्दा ठूलो हारपछि बार्सिलोना छोड्ने निर्णय गरे

मेसीले सबैभन्दा ठूलो हारपछि बार्सिलोना छोड्ने निर्णय गरे

  • बुधबार, भदौ १०, २०७७
मेसीले सबैभन्दा ठूलो हारपछि बार्सिलोना छोड्ने निर्णय गरे

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसी (३३) ले स्पेनिश फुटबल क्लब बार्सिलोना छोड्ने निश्चित भएको छ । क्लबले मंगलबार यसबारे पुष्टि गर्दै मेसीले कारवाही अघि बढाउनका लागि व्यवस्थापनलाई दस्तावेज पठाइसकेको जानकारी दिएको छ । यो घोषणा बार्सिलोनाको अहिलेसम्मको सबैभन्दा ठूलो हारको ११ दिन पछि आएको हो । १५ अगस्टमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मनीको क्लब बायर्न म्यूनिखले बार्सिलोनालाई ८–२ ले हराएको थियो ।

मेसीले क्लबसँग सन् २०१७ मा सम्झौता बढाएका थिए जून सन् २०२१ मा समाप्त हुँदै छ । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मेसीले जुनसुकै बेला पनि क्लब छोड्न सक्छन् ।

बार्सिलोनाका लागि मेसीले हालसम्म ६ सय ३४ गोल गरेः

मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमा १६ अक्टोबर सन् २००४ मा डेब्यू गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म उनले टीमका लागि ७ सय ३१ म्याचमा ६ सय ३४ गोल हाने र २ सय ७६ वटा गोल हान्न सहयोग गरे । यतिबेला उनले टीमलाई १० ला लिगा र ४ यूइएफए च्याम्पिनन्स लीगसमेत ३४ उपाधि जिताएका छन् ।

कोच वेलर्वेदे हटेपछि मेसी र स्पोर्टिङ म्यानेजरबीचको सम्बन्ध खराबः

यसै वर्ष जनवरीमा एर्नेस्तो वेलवेर्देलाई बार्सिलोनाको कोचको पदबाट हटाइएको थियो । यस विषयमा मेसी र स्पोर्टिङ म्यानेजर एरिक अबिदालबीच सम्बन्ध खराब छ ।

अबिदालले मेसीको नाम नलिइकनै वेलवेर्देसँग टीमका खेलाडी खुसी नभएका कारण उनलाई बर्खास्त गरिएको बताए । मेसीले यसको जवाफमा भनेका थिए, ‘नाम नलिइकनै खेलाडीको आलोचना गर्नु गलत हो । ’

यो विवादपछि मिडियामा मेसीले क्लबसँग आफ्नो सम्झौता नबढाउने अनुमान गरिएको थियो ।

चारवटा क्लबबीच मेसीलाई खरिद गर्ने होडबाजीः

– म्यान्चेस्टर सिटीः सिटी च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ । उसले यसपटक घरेलू लीग पनि जित्न सकेन । उसको कोच गुआर्डिओलाले बार्सिलोनालाई कोचिङ दिइसकेका छन् । यस्तोमा उनी यो खेलाडीलाई क्लबसँग जोडेर सिटीलाई घरेलू र युरोपियन च्याम्पियन बनाउन चाहन्छ ।

– इन्टर मिलानः मेसीका प्रतिद्वन्द्वी रोनाल्डो इटलीको क्लब युवेन्टससँग खेल्छन् । यस्तोमा इन्टर मिलानले मेसीलाई अनुबन्ध गरेर यी दुईलाई पुनः प्रतिद्वन्द्वीको रुपमा मैदानमा उतार्न चाहन्छ । मेसीका अर्जेन्टिनाका पुराना साथी जेविय जानेटी बोर्डका भाइस प्रेसिडेन्ट हुन् ।

– नेवेल्स ओल्य बोयजः अर्जेन्टिनाको यो क्लब मेसीको सुरुवाती क्लब हो । उनी ६ वर्षको उमेरदेखि यो क्लबसँग जोडिएका थिए र ५ सय गोल गरेका थिए ।

– अल–सादः कतारको क्लबका म्यानेजर बार्सिलोनाका पूर्व कप्तान जावी हुन् । कतारमा विश्वकप पनि आयोजना हुँदैछ । यस्तोमा क्लबले मेसीलाई जोडेर माहौल बनाउन चाहन्छ । – दैनिक भास्कर

चर्चामा

सम्बन्धित समाचार