शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • पहाडी जिल्लामा पहिरोको उच्च जोखिम

पहाडी जिल्लामा पहिरोको उच्च जोखिम

  • मङ्लबार, भदौ ९, २०७७
पहाडी जिल्लामा पहिरोको उच्च जोखिम

प्रवेश ओखेडा/बझाङ-– सडक कटान संगै बर्षाको कारण आएको बाढि र पहिरोका कारण १४ जनाको मृत्यु हुनका साथै १ जना बेपता भएका छन भने १ सय ४० भन्दा बढि परिवार बिस्थापित पहिरोको उच्चजोखिमा रहेका छन ।
पहिरोको कारण बझाङको केदारस्यु गाउँपालिका ४ मल्लेसिमा ६ जनाको मृत्यु १ जना बेपता जय पृथ्बी नगरपालिका ७ मा १ बालको घरमा पहिरोले च्यापेर मृत्यु जिल्लाको बिभिन्न भागमा खोलमा नुहाउने क्रममा पानीको बाह बढेर ४ जनाको खोलमा डुबेर मृत्यु त्यसै गरि बाजुरा जिल्लाको बुढि गंगा नगरपालिका २ मा अम्कोटमा पहिरोमा जाँदा पहिरोमा च्यापेर १ मृत्यु २ जना घाईते नदिमा डुबेर १ जनाको मृत्यु हुनुका साथै अछाम जिल्लामा मात्र पहिरो र नदिका कारण ४५ परिवार बिस्थापित ६५ परिवार उच्च जोखिमा रहेको छन ।
जनताको बिकासको नाउमा मनोमानि जथाभाबि रुपमा सडक कटान गर्दा पहिरो जानुका साथै यो बर्षा बढि पानी परे संगै नदिमा पानीको बाह्र बढेर मानबस्तीमा क्षेति पुग्नुका साथै खेती योग्य जमीनको नोकस्नाी गरेको हो ।
रामारोसन गाउँपालिकाको ५ र ६ मा नदिमा आएको बाढिले अलेडि गाउँका ४२ परिवा र बिस्थापित ६५ परिवार उच्च जोखिमा रहेका छन भने ४ वटा लघुजलबिद्युत योजना र १६ पानी घण्ट बगाउनुका साथै ४ बाटा झुलङे पुल जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ त्यसै गरि बाजुरा जिल्लाका बुढि गंगा नगरपालिका २ मा अम्कोटमा पहिरो जाँदा पहिरोमा च्यापेर १ जनाको मृत्यु दुई घाईते नदिमा डुबेर १ जनाको मृत्यु हुनाका साथै साँफेबगर मार्तडि सडक खण्डको अम्कोट र पानी नाउलामा पहिरो जानुका साथै ताप्रिसेरामा पक्कि पुल बगाउदा दुई साता देखि सडक पुर्ण रुपमा अबरुद भएको बाजुरा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकाी दिएका छन । त्यसै गरि बझाङको केदारस्यु गाउँपालिका २१ परिवार बिस्थापित र १५ परिवार उच्चजोखिमा रहेका छन । बझाङको चैनपुर ताक्लाकोट सडक खण्डको सुनिकोट र बयाधारमा पहिरोका कारण सडक भत्केर एक साता देखि पुण रुपमा सडक अबरुद भएको समेत प्रहरी कार्यालयले जनाएको छ ।
सडक अबरुद हुदा जिल्ला बासि दैनिक उपभोग्य सामान महंगो रुपमा खरिद गर्ने बाध्य भएका छन भने यातायात अभावमा एक ठाउँ बाट अर्को ठाउँमा जान समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार