बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंमा ३ सहित ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ सय ६४ पुग्यो

काठमाडौंमा ३ सहित ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ सय ६४ पुग्यो

  • मङ्लबार, भदौ ९, २०७७
काठमाडौंमा ३ सहित ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ सय ६४ पुग्यो

नेपालमा गत २४ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ६४ पुगेको छ।

पाँच वटा जिल्लाका १ महिला र ६ पुरुष गरी सात जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, धनुषाका ७८, र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार