शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • अमेरीका बस्ने बाजुरेलीले बाजुराका बाढीपहिरो पिडितलाई ६ लाख बढी राहत सहयोग

अमेरीका बस्ने बाजुरेलीले बाजुराका बाढीपहिरो पिडितलाई ६ लाख बढी राहत सहयोग

  • मङ्लबार, भदौ ९, २०७७
अमेरीका बस्ने बाजुरेलीले बाजुराका बाढीपहिरो पिडितलाई ६ लाख बढी राहत सहयोग

बाजुरा जिल्लाका बाढी पहिरोबाट पिडित परिवारका लागी अमेरिकाबाट राहत सहयोग आएको छ । जन्मथलो बाजुरा भई हाल अमेरिका बसोवास गर्नेहरुले आर्थिक संकलन गरेर बाजुराका बाढीपिडितलाई सहयोग गरेको जनक थापाले बताएका छन् ।
बाजुरा लगाएत सुदुर पश्चिम घर भई हाल अमेरिकाको बिभिन्न राज्यमा बस्दै आएका ५६ जनाको सहयोगमा जम्मा ६ लाख ६३ हजार २ सय ८० रुपैयाँ राहत संकलन गरेर पठाएको अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका पदम बहादुर शाहीले वताएका छन् । संकलित रकम पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहको नाममा नेपाल पठाइसकेको शाहीले वताएका छन् । संकलित रकम जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा पिडितलाई हस्तान्तरण गरिने भएको छ । पिडितको वास्तविक संख्या र कसलाई कति दिने भन्ने बारे छलफल हुदैछ मंगलबार प्रमुख जिल्ला अधिकारीसंग बसेर टुङ्गो लगाईने भएको छ ।
राहत संकलनमा मुख्य भूमिका निर्वाह गरेका पदम बहादुर शाहीले भने बाजुरा यसपटक बाढी पहिरोबाट निक्कैनै प्रभावित बन्यो, त्यसमा हाम्रो पनि सानो सहयोग होस् भन्ने उद्देश्यले हामीहरुले अमेरिकामा सबैलाई अपिल गर्याै । छोटो समयमा ६ लाख भन्दा बढी रकम संकलन गर्न सफल भएको वताए । त्यस्तै मनलाल जैशीले भने वास्तविक पिडितले राहत पाउन् आगामी दिनमा पनि हाम्रो सहयोग निरन्तर जारी रहनेछ । बाजुरामा बाढीपहिराले ठुलो धनजनको क्षति पुयाएकाले थोरै भएपनि आफुहरुले अभियान चलाएर सहयोग गरेको जैशीले थपे ।
बाजुरामा असार यता बाढि र र पहिरामा परेर १ जना बेपत्ता भएका छन भने ३ जनाको मृत्यु भएको छ । ७१ परिवार पुर्ण रुपमा बिस्थापित भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बुढिगंगा नदिले १ बेलिबिज्र र ५ वटा झोलुङ्गे पुल बगाएको थियो, भने नदि किनारमा रहेका खेत जग्गा बगाएको थियो । त्यस्तै ताप्रिसेरामा आएको बाढिले ताप्रिसेरामा आएको पक्की पुल बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार