शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • पिसिआर मेसिन बिग्रिएपछि डोटीमा कोरोना परीक्षण बन्द

पिसिआर मेसिन बिग्रिएपछि डोटीमा कोरोना परीक्षण बन्द

  • आइतवार, भदौ ७, २०७७
पिसिआर मेसिन बिग्रिएपछि डोटीमा कोरोना परीक्षण बन्द

कोरोनाको परीक्षणको दायरा बढाउनका लागि जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पीसीआर मेसिन बिग्रिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले डोटीमा स्थापना गरेको पीसीआर मेसिनको भदौ २ गते मात्रै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका थिए।

स्थापना भएको एक हप्ता नपुग्दै विद्युत अनियमित हुन थालेपछि पिसिआर मेसिनको ‘फ्यान’ बन्द भएको अस्पतालका निमित्त मेसु प्रकाश ठकुल्लाले बताए। ‘फ्यान बन्द भएपछि परीक्षण रोकिएको छ’, उनले भने, ‘ईन्जिनियरले बिहानैदेखि बनाइरहेका छन्।’ डोटीमा परीक्षण गर्ने गरी संकलन गरिएका स्वाबहरु भने धनगढी पठाएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार